Posted by: chipledhunga April 24, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ तारेमाम्। नेपालाँ लोकतन्त्र लाग्या रहिछ, जसले जे अरे नि हुने रहिछ। राजनैतिक कुरालाई छोडूँ। I-70 को चिल्लो पिचमा आफ्नो कार चलाउनु भन्दा TATA को लास्ट सिटमा बसेर बेनी-मालढुङ्गा सडकमा थच्चारिंदै यात्रा गर्न रमाइलो लाग्यो। Computer को अघिल्तिर बसेर भन्दा प्रत्यक्ष नै बसेर आफ्नो बाबु आमा संग बार्तालाप गर्न रमाइलो लाग्यो। Subway को बातानुकुलित कक्षभित्र बसेर Sandwich खानु भन्दा धरहरा मुन्तिर राँगाको जिब्रो फ्राइ खाँदा रमाइलो लाग्यो। जे होस् आफ्नो ठाउँ जस्तो मुग्लान् प्यारो हुन्न। लाखामरी त सिद्ध्यो ठुल्दाइ। morning walk को बाटै पाटनको त्यो पसलतिर पारिन्थ्यो तेता स्टक सक्किन साथ। अहिले तेसरी जान मिल्दैन। मुन्निले मोतर साइकिल चलाँउदा लाउने helmet चाइ पून्टेलाई दिन पर्ला है, नत्र त्यो कवितामा भने जस्तो गरी तालुमा ठटायो भने त...
Read Full Discussion Thread for this article