Posted by: Rahuldai April 24, 2007
Salaam RAHULVAI
Login in to Rate this Post:     0       ?        
मेरो यति लामो कथा धैर्यका साथ पढि बुझि दिने सबै मित्रहरुमा राहुल भाई को सलाम छ। धेरै जनाले भोगेका ब्यथाहरु हुन, मैले कथा बनाएर उनें। मलाई लाग्छ, धेरैको मन को बह पोखें। अलि कम् र धेरै मात्र होला, अँशु सबैले बगाएका छन्। आफुले दु:ख न भोगे पनि अफ्ना मान्यजनहरुले भोगे होलान्। तिनीहरु प्रति पनि मेरो सलाम्। testdirector jee तपाई को शुभकामना आशिष बनोस्। म डाक्टर् बन्न सकिन। २०४३ साल तिर्को कुरा हो पूर्ब युगोस्लाभिया मा मेडिसिन् पढ्ने सीट् मा छनौट् पनि भैएको थियो, तर बिडम्बना, गरिबीले त्यतिबेला पनि न राम्रो लात हान्यो। ३०० डलर् को टिकेट् खर्च जोगार् गर्न सकिन। पढ्न जान सकिन। त्यो कथा कुनै दिन् लेखुल। amazing ब्रो, तपाईको झिल्के शब्दको लागि धन्यबाद्। यी कमेण्ट् हरु पढ्दा झन् भाबूक् भएको छु। Daniel Bottomface जी कहिलेकाहिं रुनु पनि राम्रो हुन्छ, मनको पीडा पखालिन्छ, हलुको हुन्छ। धन्यबाद्। गजब जी को टिप्पणिको लागि धन्यबाद। तपाई को पनि बेदना होला, लेख्नुस् न। गहुगोरो मित्र, हुन सक्छ, तपाईले भने जस्तै कहिंकतै हाम्रो भेट् भै सकेको वा हुनेवाला छ। इन्टर्नेट् को दुनिया यति साँघुरो भै सक्यो, छिनमै म तपाईंको पुग्न सक्छु र पुगु रहेछु। raazstone जी अँशुले ढुंगा नि पगाल्न सक्छ भन्ने साहित्यिक उपमा सत्य भयो होइन त? numberजी, मैले सुरुमै भने नि यो दुख मेरो मात्र होइन, तपाईको पनि हो। धेरैले मन् भित्र भित्रै लुकाएका छन्, मैले नि बल्ल फुकाएं। पिरे जी, धन्यबाद तपाई को सद्भाव् को लागि, धेरै दिन् भो तपाई को लेख पढ्न पाएको छैन। एक्लो ज्यान जी, त्यो दशौं तक्मा ठुलो होइन। त्यो पिताजी को सुनको तक्मा मेरो लागि अंुल्य थियो, अफसोस् त्यहि छ, त्यो फर्काउन सकिन। एक् डेढ् बर्ष पछि त्यो तक्मा फिर्ता लिन गएको पनि हो, बाडा ले बेचि सके वा पगालेर अन्य काममा लगाए स्पष्ट् जवाफ् पाइन।
Read Full Discussion Thread for this article