Posted by: chanaa_tarkaari April 22, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
खोइ कोइ नि छैनन र'छ, सुनसान र'छ चौतारी ताआआआआआआ!!!!! आफु मात्तै एक्लै फत्फताए छु ज्याआआआआ!!!!! अब भोलि त अबेरसम्मन सुतिन्छ होला के रे, जाँगरिला गाम्लेहरु ब्यान ब्यानै देखुन काम चोरेर चौतारितिर सुस्ताउन आएछन भने, मेरो कथाको यो भाग पढ्दा होलान के रे । लु त थप एक भाग टाँसेर म नि सुस्ताउन परो के रे । भाग - १३ --------------- "साँच्चिकै खुशी भएको भए आज रिजल्ट लिन नआइ प्रतिमा किन हेटौडा गइन होला?" चनाले आफै प्रश्न गर्यो । "पहिला सधै घरैमा बोलाउने, नगएसम्म अनेक तरिका अपनाउने, दुनियाँले कुरा काट्दा पनि विचलित नहुने प्रतिमा, अहिले रिजल्ट थाहा पाएर पनि बोलाउन आइनन, भेट्न पनि नहुने जस्तो गरि हेटौडा गइन, खबरसबर पनि नगरीकनै । अझ त्यसमाथि दाजुलाइ बधाइ भन्न लगाएर बेपत्ता भइन ।" मनको एउटा कुनामा पीडा महशुस भयो चनालाइ । "हेत्तेरिका! आफै भेट्न जानु पर्ने रहेछ । बलबहादुर दाइले भने झै एकपल्ट भेट्न गएको भए के नै बिग्रन्थ्यो होला र?" चनाले मनमनै कुरो खेलायो । पहिलाको कुराहरु पनि सम्झिन थाल्यो चनाले - "त्यो भोजमा रत्नले जात्रा गर्यो त त्यसमा चनाको के दोष?" यस्तै मनमा तर्कना खेलायो । प्रतिमासित भेटेर बेस्सरी झगडा गर्न मन लायो चनालाइ । फेरी आफैले सम्झायो - "आsss होस, म स्कुल छोडेर जाने भएपछि किन त्यो कुरो सम्झेर चिन्ता गर्ने ?" चनाले अर्को स्कुल जाने निर्णय गरेको कुरा अरु कसैलाइ भनेको थिएन आमालाइ बाहेक । प्रतिमाको मित्रता र सहयोगप्रतिको कृतज्ञताकै निम्ति पनि उनलाइ कमसेकम स्कुल छाड्न लागेको कुरा भन्नै पर्छ जस्तो लागेको थियो चनाको मनमा । प्रतिमाको दाजु वा अन्य कोहिलाइ भनेर पठाउन चनालाइ उचित लागेन किनकि चना आफैले भेटेर कुरा गर्न चाहन्थ्यो - शायद भन्ने थियो होला - "जाऔ नयाँ स्कुलमा सँगै भर्ना हुन ।" तर भेटै नहुने भएपछि के लाग्थ्यो र । चनाले आफु एक्लै भएपनि त्यो स्कुल छोडेर नयाँ स्कुल तिरको यात्रामा अघि बढ्ने निश्चित गर्यो । मार्कसिट पाएपछि नयाँ स्कुलमा निवेदन बुझायो । प्रवेश परिक्षा दिने बेलासम्म चना दुइपल्ट प्रतिमाको घर गयो, तर प्रतिमा फर्केको थिएन । प्रवेश परिक्षा पासगरेपछि चना नयाँ स्कुलमा भर्ना भयो । भर्ना गरीसकेपछि मात्र आफन्तहरुलाइ विश्वनिकेतन स्कुल जान लागेको कुरा बताउन पर्यो । त:मांको छोरी (दिदि) को साथ लागेर फाराम लिएर आएको भनेपछि दिदिले पनि आफन्तहरुको भनाइ खानुपरेछ । माइजुले त दिदिलाइ "तिमीले गरेर चनालाइ त्यत्रो टाढा स्कुल हाल्यो, उसलाइ केहि मात्र होस न मैले गर्न जान्याछु तिमीलाइ ।" भनेर धम्की नै दिनु भएछ । "बाटोमा त्यत्रो गाडी गुड्छ तर चनाले कहिल्यै आफै बाटो काटेको पनि छैन, केहि गरि दुर्घटना भयो भने ?!!!" भनेर आमालाइ तर्साउनु पनि भएछ । एक कान दुइ कान हुँदै स्कुलका केहि सरहरुले पनि चना विश्वनिकेतन स्कुलमा भर्ना भएको कुरो थाहा पाएछन । बाटोमा आमालाइ भेट्दा एकजना सरले यहि विषयमा कुरा गर्नु भएछ । "चनालाइ तेत्रो टाढाको स्कुलमा भर्ना गरेर ठीक गरेन भाउजुले ।" भन्ने कुरो भएछ । आमासित तर्क बितर्क केहि थिएन, "चनाले त्यो स्कुल पढ्दिन भन्यो, मान्दै मानेन, मैले के गर्ने ?" भन्नु सिवाय । भोलिपल्ट सहायक हेडसर चनाको घरैमा आमालाइ भेट्न आएछ । चना घरमा थिएन त्यो बेला । आमालाइ हड्तालको बेलामा चना नेता बनेको, उसले सबै सरहरुलाइ इल्लिबिल्लि बनाएको, सरहरु सबैले उसको तारीफ गरेको, उसले जाँचमा पनि एकदम राम्रो गरेको जस्तो राम्रा राम्रा कुराहरु बताएछ । चनाले गरेको राम्रो कामको तारीफ गरेर आमालाइ नै छक्क बनाएछ । हुन पनि घरमा आमालाइ ती कुराहरु चना आफैले पहिल्यै भनेको थिएन । आमालाइ जाँचमा तेस्रो भएको मात्र थाहा थियो । सहायक हेडसरले चनालाइ अरु स्कुलमा नलैजान निकै कर गरेछ । स्कुल भर्ना गर्न लागेको खर्च सबै सरहरुले नै सट्टाभर्ना तिरिदिने सम्मको कुरो गरेछ । स्कुलमा पनि चनालाइ फी मिनाहा गर्ने ब्यवस्था गर्ने, किताब कापीहरु किन्न परे पनि सहयोग गर्ने जस्ता लोभहरु पनि देखाएछ । त्यहि स्कुलमा पढ्यो भने चना एसएलसिमा स्योर फर्स्ट डिभिजनमा आउने तर टाढाको स्कुल गएपछि के हुन्छ के हुन्छ भन्न सकिन्न भनेर डर पनि देखाएछ । आउनजान गाह्रो, टाढाको स्कुलमा कस्तो संगत होला, के के गर्ला हेर्न नसकिने, त्यसमाथी आमालाइ पढाइको कुराहरु थाहा नहुने जस्ता कुराहरु गरेर सहायक हेडसरले आमाको दिमाग भुटेर गएछ । पीरले चिन्तित आमा आँशु बरर्ररर झार्दै चना घर आएपछि, "पर्दैन नयाँ स्कुल जान, त्यहि पुरानो स्कुल पढ" भनेर भन्न थाल्नु भयो । आमाको सबै कुरो सुनेपछि चनाले पनि कसरी आफुलाइ पक्षपात गरेको र कसरी कक्षामा सरमिसहरुले एक्लो पारेको भन्ने कुरोहरु बतायो आमालाइ । अनि आमाले "मलाइ पहिलाइ त्यो कुरा थाहा भएको भए म पनि मुखभरी जवाफ दिएर पठाउँथे, मलाइ किन नभनेको यस्तो कुराहरु? होस अव जे सुकै होस नयाँ स्कुल नै पढ्नु, जे होला देखा जायगा ।" भन्नु भयो । बलबहादुर दाइले पनि नयाँ स्कुल नै राम्रो हुनेछ भनेर आमालाइ ढाढस दिनु भयो । अरु साथिहरुमाझ चनाले स्कुल छोड्न लागेको कुरो फैले पछि साथीहरु धमाधम चनालाइ भेट्न घरैमा आए । कोहि एक्लाएक्लै आए, कोहि ग्रुपमा आए । सबैले चनालाइ त्यहि स्कुल पढ्न र छोडेर नजान आग्रह गर्थे, तर चनालाइ मनाउन सकेन कसैले पनि । दुर्गाले आधा दिनभरी बसेरै कर गर्यो । "किन? चना हामीसित रिसाएर अर्को स्कुल जान लागेको?" भनेर चमेली, कमल, गगन अमर चन्द्र, अन्जुहरुले चनाको मनको तितो पोख्न अनुरोध गरे, फकाउन खोजे । कोचिङ पढ्नेबेला चनालाइ खबर नगरेको कुरामा तिनीहरुले पश्चाताप गरेको कुराहरु पनि सुनाए चनालाइ, तर चनालाइ त्यस्तो कुनै कुरोले छोएन । बोलिचाली बन्द भएको गायत्री, रमा र मामाघर गएकि प्रतिमा बाहेक बाँकि सबैजसो नै चनालाइ भेट्न आए । गायत्री र रमा भेट्न आउनु नआउनुमा चनाको चासो थिएन तर प्रतिमा भेट्न नआएकोले किन होला भन्ने सोच्यो चनाले र भन्ठान्यो कि "शायद मामाघरबाट अझै नफर्केकि होलिन" । *******************************************************************************************
Read Full Discussion Thread for this article