Posted by: kishnekale April 20, 2007
Matrika's 1st Big Punch.......
Login in to Rate this Post:     0       ?        
http://www.nepalihimal.com/2064/baisakh-1-15/desh_samachar.html#9 सेनाको समाजसेवा एक वर्षअघिसम्म युद्धरत पक्षमध्ये माओवादी सेना क्यान्टोनमेन्ट र नेता सरकारमा गएपछि धनकुटाका नेपाली सैनिकहरू सदरमुकामलगायत विभिन्न गाविसमा मोटरबाटो खन्ने, खेलमैदान बनाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ता सामाजिक काममा व्यस्त हुनथालेका छन्। सेनाको सामाजिक सक्रियतासँगै उतिबेला तिनलाई देख्नेबित्तिकै घरबारीमा लुक्ने स्थानीय बासिन्दाहरू पनि सँगै कुटोकोदालो चलाउन थालेका छन्। हिलेको दुई नम्बर बाहिनीका १२५ भन्दा बढी सैनिक र स्थानीयवासीहरूको सहभागितामा १०'१२ दिनकै प्रयासमा हिलेबजारबाट भीरगाउँ गाविस कार्यालयसम्मको ६ किलोमिटर भन्दा लामो मोटरबाटो निर्माण सम्पन्न भएको छ। बाहिनीपति पूर्णचन्द्र थापाका अनुसार अहिले ट्रयाक्टर चल्ने उक्त सडकलाई सुधार गर्ने र ड्रेन खन्ने काम पूरा भइसकेको छ। भीरगाउँका पूर्व गाविस अध्यक्ष चन्द्रलाल तामाङ खुसी व्यक्त गर्दै भन्छन्, “हामीले दुई वर्ष लगाएर बनाएको ट्रयाक्टर चल्ने बाटोलाई सेनाले मोटरबाटोमा बदलिदियो। अब सदरमुकाम र हिले बजारमा तरकारी, दूधदही, फलफूल र चामल पुर्‍याउन सजिलो भएको छ।” बाहिनीकै आयोजनामा भीरगाउँमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको छ, जसमा गाउँका ५५० भन्दा बढी मानिसलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको सेनाले बताएको छ। सदरमुकाम धनकुटास्थित कृष्णदल गण, सल्लेरीका सैनिकहरू आत्मारा टोल, फोक्लेन टापु र देव्रेवास स्कूलडाँडा जाने मोटरबाटो निर्माणमा सहभागी भएको गणपति कर्णेल चन्द्रप्रसाद राजवंशी बताउँछन्। टुँडिखेलको सरसफाई, मर्मतसम्भार, मञ्च जीर्णोद्धारमा समेत सेना सक्रिय भइरहेको छ। कर्णेल राजवंशी भन्छन्, “स्थानीय समुदाय र सामाजिक संघसंस्थाहरूको आग्रहमा विकास निर्माणका कामहरू गरिएको हो।” • विजय सन्तोषी राई, धनकुटा -------------------------------------------------------------------------------- माओवादीः वन फँडानी जारी अन्तरिम सरकारमा सहभागी भएर वन मन्त्रालय सम्हालेको हप्ता दिन नबित्दै कैलालीमा २३ चैतमा माओवादी सेनाको सातौँ डिभिजनअन्तर्गत गोरङ्गेस्थित लोकेश स्मृति ब्रिगेडले 'जनसेना व्यवस्थापनका लागि' भनेर सालका करिब ६० वटा रूख काटेको छ। माओवादीले चारजना काठका ठेकेदारहरू लगाएर स्थानीय जनताको संरक्षणमा रहेका तीन वटा प्रस्तावित सामुदायिक वनबाट यी रूख काटेको हो। जनसेनालाई सुत्ने खाटलगायतका सामान बनाउन भनिएपनि अधिकांश काठ बौनियास्थित सःमिलमा पुर्‍याइएको छ। स्थानीय बासिन्दाको विरोधपछि दुई ट्रक काठ माओवादी क्याम्प नजिकै राखिएका छन्(हे.तस्बिर)। यसको दुई दिनपछि प्रहरीले २५ चैत राति साढे नौ बजे धनगढी, बोराडाँडीस्थित अवस्थी सःमिलबाट सहजपुरस्थित बहुवीर योद्धा ब्रिगेडले काटेको एक ट्रक काठ पक्राउ गरेको छ। स्थानीय बासिन्दाको सूचना र प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले सो कारबाही गरेको थियो। ट्रक ड्राइभर भागेको अवस्थामा पक्राउ परेको सो ट्रकलाई 'बेवारिसे अवस्थामा भेटिएको' मुचुल्का तयार पारेर प्रहरीले जिल्ला वन कार्यालयमा बुाएको छ। शिविर व्यवस्थापनका नाममा कानूनलाई बेवास्ता गर्दै कैलालीमा माओवादीले पटकपटक वन फँडानी गर्दै आएका छन्। जिल्ल्ाा वन अधिकृत मोहन कोइरालाका अनुसार, केही समयअघि माओवादीको स्थानीय नेतृत्वले जनसेनालाई खाट बनाउन तीन हजार क्युविक फीट काठ आवश्यक रहेको मौखिक जानकारी दिएको छ। कोइराला भन्छन्, “उनीहरूले आफैँ रूख काटेको थाहा पाएपछि बुझ्न टोली खटाएको छु।” माओवादीका कैलाली जिल्ला सह'इन्चार्ज श्रवण भने जनसेनाका सातै डिभिजनले वन कार्यालयबाट स्वीकृति लिएर मात्र रूख काटेको दाबी गर्छन्। स्थानीय बासिन्दाका अनुसार, लोकेश स्मृति ब्रिगेडका कमाण्डर सन्तोषले क्याम्प व्यवस्थापनका लागि भनेर प्रस्तावित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहबाट काठ मागेका थिए। तर समूहको कार्यसमितिबाट निर्णय नहुँदै माओवादीले धमाधम रूख काट्न शुरु गरेको सो सामुदायिक वनका अध्यक्ष नक रावल बताउँछन्। कैलालीको जङ्गलका हरिया रूख माओवादीको प्रमुख आयस्रोतका रूपमा रहँदै आएका छन्। सशस्त्र द्वन्द्वका बेलामा पनि तिनले लिलाम सकार भएका काठहरूबाट कर उठाउँदै आएका थिए भने अहिले लिलाम काठहरूमा कर लगाउन छाडेर सोै रूख काट्न थालेका छन्। • कर्ण शाह, धनगढी ............................................................तेइपनि तेइ चोरहरुको ठुलो स्वर्
Read Full Discussion Thread for this article