Posted by: Birkhe_Maila April 20, 2007
Login in to Rate this Post:
0
?
मेरो कविताको शिर्षक छ-
पुन्टे दाईको तालु-
चिल्लो, सफा, चिप्लो
निधारका तिन मसिना रेखाहरुमाथि बिराजमान
अलिकता तन्केको, अलिकता फन्केको
निधार माथि फुकेर गर्धन तिर खुम्चेको
अहो! पुन्टे दाईको तालु कस्तो गजक्क परेको!!
कयौँ वसन्तका हरियालि भोगे होलान्
कयौँ शिशीरका चिसो हावा छेके होलान्
रमाईला र तिता कयौँ कथा बुने होलान्
कहिलेकाहिँ चित्त नबुझ्दा;
अहिले जस्तो अलिकता निधार खुम्चे होलान् :)
अहो! पुन्टे दाईको तालु कस्तो गमक्क परेको!!
धोबिनिको बाँसको भाटाको दाग अझै ताजै छ
जुरेलिको चप्पलको खत अझै बाँकि छ
गोर्खे लौरि भाँच्न सक्ने, धेरै माया साँच्न सक्ने
संसारमा जे सुकै आँट्न सक्ने
अहो! पुन्टे दाईको तालु कस्तो लचक्क परेको!!
(नोट:-यस कवितामा प्रयोग गरिएका नाम तथा शरिरका अंग नितान्त काल्पनिक हुन्। कसैको चौतारिको छद्म नाम संग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ!)
शुक्रबारे जदौ! यो बिर्खै मईलाको!!