Posted by: gaalab April 20, 2007
~~चौतारी - ५२~~
Login in to Rate this Post:     0       ?        
म आफ्नै गाउँमा टुरिस्ट छु, ताल परे लेख्ने, नपरे देख्ने झुरिस्ट छु, म आफ्नै गाउँमा टुरिस्ट छु। जिब्रोभरि रक्सीको तलतल आँखाबरि बोक्सी नै झलझल र आफ्नो गाउँमा बिरानो छु सबै रुझ्दा नि ओभानो छु म आफ्नो गाउँमा बिरानो छु। दिनभरि यतै बन्धनमा हुन्छु, साँझ परेपछि गन्थनमा हुन्छु र आफ्नै सुरमा तल्लीन छु सबै हाँस्दा नि मलिन छु म आफ्नै सुरमा तल्लीन छु। शुक्रबारे जदौ यो बिर्खे माइलाको।
Read Full Discussion Thread for this article