Posted by: Rahuldai April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ८ " प्रदर्शन् स्थलबाट् स्कूल् मा संअर्थक् हरुले लावा लस्कर् सहित् अबिर् जात्रा गर्दै सबै भन्दा पहिला मेरो घर् पुर्‍याए। चोक् पुरै बिजय उत्सबले रंगीन भयो। बाजा गाजा कहाँ बाट् ल्याए कुन्नि। बुबा रात को ९ बजे घरबाट् निस्कनु भयो र चोकमा अौनु भयो। धेरै बर्ष पछि स्कूले केटाहरु सङ्ग नाच्न थाल्नु भयो। म एक् तमाश ले पिताजी नाचेको हेरि रहें। उन्को मुहार् को कान्ति पढिरहें। धेरै बेर् त्यो बिजय उत्सब मनाइ रहे। मैले पिताजी को त्यो सुनको तक्मा त कहाँ फिर्ता ल्याउन सक्छु र, तर हराएको मुस्कान भने फर्केको देखें। र असक्त शरीर मा जीवन संचार् गर्न सकेको मा सन्तोष को सास् फेरें। त्यो हाजिर् जवाफ को सुनको तक्मा १० वटा जित्ने भीष्म् प्रतिज्ञा को तेस्रो थियो। यसरी नै फेरी दुईटा निबन्ध् प्रतियोगीता जितें। मेडल थिएन, नगद् पुरस्कार थियो। संभवत् कारीब तीन चार सय थियो होला। यस्पाली पनि लुगा र जुत्ता किनें। पहिलो पल्ट् मैले स्कूल् जान अौन चप्पल् छोडेर् स्टार् लेखिएको टेनिस् शू लगाएं। यता घर् मा दिदी को बिहे को तयारी चल्दै थियो। दाई भाई मिलेर पैसा को जोगार् गर्न खूब् काम् गर्दै गयौं। मंसिर् मा बिहे को कुरा छिनेको ले आफ्नो एस् एल् सी मा खासै ठुलो धक्का न लाग्ने अन्दाजका साथ पढाईलाई दोस्रो दर्जामा राखेको थिएं। हिसाब पढाउने सर् गुर्‍र् गुर्‍र् रहेछ , मा देखि। यस्तो ताल् बोर्ड अौंछ् त्यो? कहिले निबन्ध् प्रतियोगीता जान्छ, कहिले हाजिर् जवाफ, कहिले स्कूल् आउंदैन। हेड् मास्टर् संम् कुरा पुग्यो। फेरी हेड् सर् ले बोलाएर् सोध्नु भयो। यथार्थ् कुरो भनें। "दिदी को बिहे को कुरा सकिने बित्तीकै मा पढाईमा ध्यान दिन्छु। कर्तब्य बाट् भाग्नु हुँदैन भनेर सर् ले नै सिकाउनु भएको। तर् मा मेरो पढाई बिगार्दिन। मलाई नि ठुलो उत्कण्ठा छ, गोर्खा पत्र मा नाम् निकाल्ने। मा त्यो उद्देश्यबाट् भागेको छैन। मेरो यात्रा जारी छ।" मेरो कुरा सुनेर् हेड्सर् ले मैले एक् पटक् फेरि रिमाइण्ड् गर्न मात्र बोलाको भन्नु भयो। गंभिर् मान् सर् को बोली को गंभिर्यता मैले बुझेको थिएं। उनको चिन्ता पढेको थिएं। मंसिर् आयो। दिदी को बिहे धुम्धाम् सँग गर्न न सके ता पनि आफ्नो गच्छे अनुसार गरियो। केही ऋण् लाग्यो, धेरै त पसिना को बल् ले खर्च् गरियो। बिहे सकिए पनि ऋण् को बोझ् थियो। त्यसैले पनि काम् लाई छोडी हाल्न सकिन मैले। काम् गर्दै गरें फुर्सद् मा पढ्न पनि छोडिन। दाई ले काम् गर्न आइजा भनेर बोलाउंदैन थ्यो। तर पनि घर् को संअस्या सँग सँगै हिंडेको दुई तीन् बर्ष् ले भोली को कठिन् दिन संझेर काम् गर्थें। पिताजी को स्वास्थ् मा निकै सुधार भो। सानो तिनो काम् मा सहयोग् गर्न सक्ने भए। बजार् पनि जान सक्ने भए। कसैले पनि यती सुधार हुन्छ, अथवा पूर्ण रुप् मा स्वास्थ् लाभ् गर्ला भनेर सोचेको थिएन। तर हामी छोरा छोरी हरु भने पिताजी को पुरानै दिन फर्केको हेर्न चाहन्थ्यौं। फेरी माया गर्ने, हाम्रो सुख दु:ख् को साहरा खोरहेका हुन्थ्यौं। एस् एल् सी को तयारी नै चल्दै थियो। अंग्रेजी मा ब्यापक् सुधार भए नि डर् भने त्यही एउटा मा रह्यो। हेड् सर् को गएर केही दिन् ट्युशन् पढ्ने विचार आयो। हेड् सर् ले नि हुन्छ भन्नु भयो र पुष माघ दुई महिना पढें। यसै बिच् मा टेस्ट परिक्षा सकी, रिजल्ट् नि भयो। फेरी एक् चोटि प्रथंअ लेखिएको मार्कशीट् लिएर् घर् पुगें। अब घर् का मान्छेलाई त्यो प्रथंअ शब्दले न छुने भाई सके छ क्यार्, कसैले कुनै प्रतिकृया दिएन। दाई लाई भनेको त " तं फर्स्ट् न भए को हुन्छ र, मा हुन्न क्या रे" भन्ने अनौठो जवाफ पो पाएं। जे होस् अब, पढ्नु पर्छ, यही १-२ महिना ले मेरो भबिष्यको रेखा कोर्छ, भन्ने लाग्यो। मन् र मस्तिष्कलाई एस् एल् सी भित्र कैद गरें। खूब पढें। पढ्न सक्ने जती पढें। एस् एल् सी सुरु भयो। तयारी राम्रो भएकै मानें मैले, सबै बिषयहरुलाई सके जती निखारेर् लेखें। लाग्यो हेड् सर् को सपना, मेरो कल्पना, धेरै को आशा, मेरो अभिलाषा पूरा हुन सक्छ। बिच् मा गडबड् भएन भने टप् टेन भित्र पर्ने छु जस्तो लाग्यो। जांच् सकिएको वहाँनामा मैले दाई सँग १० रुपैया मागेर फिल्म् हेर्न गएं। एक् दुजे के लिए भन्ने फिल्म् चलेको रहेछ, अशोक् सिनेमा हल्, पाटन मा। मन छुने फिलिम् रहेछ त्यो। रिजल्ट् हुने दिन् नजिक् नजिक् आयो। छाती धुक् धुक्। अब दिन् दीनै टेन्सन् पो सुउभयो। बोर्ड न अौने पो हो कि? मा भन्दा अरु स्कूल् मा राम्र विद्यार्थीले राम्रो गरे कि? इज्जत् जाने भो मेरो। फेरी अर्को मन् ले संझाउदो रहेछ- होइन आउंछ तं बोर्ड मै। न आए के भो र, सबै जना बोर्डंआ अौने हो भने त बोर्ड नै हजार् जना को नाम् अौछ नि। जे गर्यौ राम्रो गर्यौ। जे हुन्छ राम्रो हुन्छ। मन् लाई यसरी संहाल्ने असफल चेष्टा गरी रहन्थें। असार को पहिलो हफ्ता मा परिक्षा फल् निस्कने हल्ला आयो। साथी मनोहर् ( हाल् जापान) , भिमसेन्( हाल् अंेरिका) र उपेन्द्र का साथ् मर्निङ् वाक् मा जान्थ्यौं। मर्निङ् वाक् को पहिलो बिसौनी गोर्खा पत्र संस्थान को कार्यालय हुन्थ्यो। जहिले नि गयो, पाले लाई सोध्यो, फर्क्यो। असार को ११ गते रिजल्ट् हुन्ने बलियो र भरपर्दो खबर् पाइयो। बिहान ५ बजे नै संस्थान को ढोका मा पुगियो, फेरी टायँ टायँ फिस्। यो हल्ला ल्याउने भिमसेन् ले ठुलै हप्की खाए। ११ गते भएन, १२ गते होला भनेर पुगियो, फेरी फर्कियो। १३ गते स्वर्गिय दीपेन्द्र को जन्म् दिन, आज त के होला भनेर गोर्खापत्र संस्थान को बाटो लाई शर्ट् कट् मारी सिधै रत्न पार्क हुँदै भद्रकाली पुगी, भद्रकाली माइ लाई बोर्ड मा नाम् देख्न पाओस् भनेर पुकारें। भद्रकाली बाट् शाहीद् गेट् के पुगेथें, आफ्नो स्कूल् का एक् हुल् भाई बहिनिहरु, हातंआ गोर्खा पत्र लिएर अौदै गरेका सङ जंकाभेट् भो। मलाइ चिन्दा रैछन् केहि ले। त्यस पछि त के चाहियो, उनिहरुलाई। काँधंआ बोकेर झ्याइंकुटि गरी स्कूल् तिरे लगे। क्रमश:
Read Full Discussion Thread for this article