Posted by: CaMoFLaGeD April 19, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
हिजो बिहान त रमाइलो भएको थियो चौतारीमा, आज चौतारी आइपुग्दा त सेन्टी भइसकेछ। लौ के सार्‍हो सेन्टी भा'हो हौ पून्टे दाई? के हो त्यस्तो हार्ड फिलिङ्स भन्या? भएभरका माउबादीहरुलाई बोलाएर थर्काउनु सम्म थर्काउने अनि अहिले नो हार्ड फिलिङ्स भनेर हुन्छ र? हे हे हे!! हिजो दिनभरी सातो गा'छ आफ्नो। चौतारी आउँदा नि लुकी लुकी आइयो अनि लुकेरै भागियो! के थाहा के हुन्छ के!! :पि यहाँ डराएर पल्लो बोर्डिङ्स् स्कूलमा हल्ला गर्न गा'थिएँ हाम्रो चने त्यहिँ पुगेर "ओइ कुम्ले माउबादीले खेदाएर यहाँ आएको?" भनेर बिजोग!! त्यहि भएर "होइन म कुम्ले सुम्ले ... ए चने!! खाइदिम तिमीलाई?" भनेर उफ्रेको त हिडेछन्! :पि लु लु अब सिरियसै हुने भए त मैले नि भन्नै पर्यो नि हैन त? ए पून्टे दाई!! त्यस्तो केहि नि भा'छैन हौ!! रमाइलो गरेको हो है!! फेरि मलाई त तपाइँले म दु:खी हुनुपर्ने केहि लेख्नु भएजस्तो लागेकै छैन। गोताएँ दाईले त्यत्तिकै च्वाट्ट मसला हाल्देर जानुभएछ, यहाँ सबै पग्लेर हैरान!! सब सेन्टी भएर "मैले गल्ती गरेछु, माफ पाम" भनेर हैरान!! हे हे हे!! राहुल दाई त राहुल दाई भइहाले, त्यत्तिकै सेन्टी हुन्छन् बुढा तर हाम्रा कमरेड प्रचन्ड नि सेन्टी भाको देख्दा चाँहि अचम्मै भयो। अब कत्ति कुरो गर्ने? जति गरे नि उहि हो कुरो!! को को आउनुभएको छ चौतारीमा, सबैलाई यो सोझो कुम्लेको जदौ!! :-) :-)
Read Full Discussion Thread for this article