Posted by: jay_janmabhumi April 18, 2007
Hey sajha guys don't curse maoist
Login in to Rate this Post:     0       ?        
माओवादी हरुलाई किन गाली गर्नुहुन्छ? तिनिहरु त निजी सम्पत्ति नै नभाका मान्छे हरु हुन्। नपत्याए पढ्नुस्। माओवादीको निजी सम्पत्ति ! माओवादी नेताहरुले चढ्ने गरेका चिल्ला गाडीहरु उनीहरुको आफ्नो नभएको जानकारी हालै एउटा पत्रकार सम्मेलनमा दिइयो । माओवादीहरुको निजी सम्पत्ति हु“दैन, त्यसैले अर्काले दिएको गाडी चढेर हि“ड्नुपरेको दाबी उनीहरुको छ । तर, माओवादीहरुलाई निजी सम्पत्ति चाहिने पनि किन ! अर्काको सम्पत्तिलाई नै आफ्नो सम्पत्तिजस्तो चलाउन पाएपछि किन आफ्नै सम्पत्ति चाहियो !! माओवादीले भनेपछि नमान्ने कसले ! गाडी चाहियो भन्यो भने गाडी आइपुग्छ, घर चाहियो भन्यो भने घर आइपुग्छ, पैसा चाहियो भन्यो भने पैसा त झन् फोनमात्रै गरे पनि आइपुग्छ ! एक कल फोनमा आफूले भनेको जम्मैथोक आइपुग्ने भएपछि फेरि निजी सम्पत्ति किन चाहियो !! माओवादीको लागि त अर्काको सम्पत्ति नै निजी सम्पत्ति हो । अर्काको गाडी चढ्न पाइराख्या छ, अर्काको मोटरसाइकल चलाउन पाइराख्या छ, अर्काको घरमा पकाउन लगाएर खान पाइराख्या छ, अर्काको खसी-बोका, रा“गा-भैंसी लैजान पाइराख्या छ....!! यति भएपछि किन चाहियो निजी सम्पत्ति - माओवादीको निजी सम्पत्ति नभएको देखेर मलाई पनि निजी सम्पत्ति नराखु“-नराखु“जस्तो भइरहेको छ । निजी सम्पत्ति राख्नुभन्दा नराख्नुमा फाइदा छ भने नराख्नु नै बेस, होइन त कामरेड ? साभार: मनोज गजुरेल (www.damadol.com)
Read Full Discussion Thread for this article