Posted by: chanaa_tarkaari April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहरु !! मन्तयेक ला? खै चौतारिआँ नि diurnal cycle हुने र'छ के रे । अग्गि सम्म मोर्ने गरी हँसायो, अइले सबै कता लाखापाखा लागे । लु गफ धेरै नअरम होला आज, आजआ भाग कथा पस्केँ के रे । भाग - ११ --------------- मिनपचासको बिदाको समयमा धमाधम बिहेको सिजन शुरु हुने रहेछ । त्यहि बर्ष रामकिस्नेको दिदिको बिहेभोजमा कक्षाका सबै भेट हुने सञ्जोग पर्यो । रामकिस्नेले दुबै सेक्सन (ए र बि) का धेरैलाइ भोजमा निम्तो गरेको थियो । कुरैकुरामा त्यहाँ थाहा भयो, प्रतिमा र चना बाहेक अरु सबैजना स्कुलमा बिहान बेलुका कोचिङ पढ्न थालेको रहेछ । मिनपचासको बिदामा ५-५ रुपैया लिएर कोचिङ पढाउने चलन त्यहि बर्षमात्र शुरु भएको रहेछ र सरमिसहरुले नै बिद्यार्थीहरुलाइ कोचिङको लागि खबर गरेको रहेछ । तर कसैले नि प्रतिमा र चनालाइ खवरै नगरेको । दुबैलाइ साह्रै नरमाइलो लाग्यो । मोरा रामकिस्ने पनि कोचिङ जाने गर्दो रहेछ । "किन हामीलाइ खबर नगरेको? थाहा पाएको भए त हामी नि पढ्थ्यम नि ।" भन्दा खेरी "तिमीहरुलाइ थाहा छ होला, कोचिङ नपढ्ने भएरै नआएको होला भन्ठानेको हामीले त । तिमीहरुलाइ कसैले भनेन? ला !!!! क्या बोर !!!" भन्ने जवाफ मात्र पायो । कसै-कसैले चिप्लो घसेर "हामी सरहरुसित कुरा गर्छौ, भोलि देखि पढ्न आउ न है । ५-५ रुप्या मात्र हो पैसा, शुरुमा बुझाउनु पर्छ ।" भने । तर यस्तो चिप्लो बोलिले चनाको घाउमा मल्हमको काम गरेन । बरु पचाउन गाह्रो सहानुभुतिको अनुभव भयो । यसमाथि अर्को नरमाइलो रत्नले थपिदियो । भोजमा बिस्तारै जाँड रक्सिको मात्रा चढ्दै गयो । केटाहरु र केटीहरुको छुट्टा छुट्टै झुण्डमध्यबाट केटाहरुको स्वरहरु ठुलठुलो हुँदै आयो । अप्रत्यक्ष नामहरु लिंदै जिस्काउने र जोडा-जोडीको नाम लिदै एकआर्कालाइ उस्काउने, ठट्टा गर्ने, हँसिमजाक गर्ने क्रम चल्न थाल्यो । कतिपयले मनमा रहेको तर ओकल्न नसकेको कुराहरु रक्सिको सूरमा ओकल्दै थिए । टिल्ल मातेका तर होश नगुमाएका केटाहरुद्वारा रक्सिको सुरमा पोखेको मनको बहले बाँकिलाइ राम्रै मनोरञ्जन दिंदै थियो । त्यसमाथि "आफुले मन पराएको केटीलाइ प्रोपोज गर्न कुन चाहि बहादुरले सक्छ?" भन्दै उल्याउने र च्यालेञ्ज गर्न पनि थाले । कुन चाहिँ एउटाले टील्ल मातेको रत्नलाइ - "तैले गएर भनेर देखाइस भने म पनि भन्ने भएँ ल।" भन्दै उकासेछ । नभन्दै रत्न त प्रतिमालाइ प्रोपोज गर्ने भनेर जुरुक्क उठिहाल्यो, तर प्रोपोज कसरी गर्ने थाहा नभएका उल्लुले प्रोपोज गर्नुको सट्टा झगडा पो गरिदियो - "जिं छन्ता गुलि य: स्यूला छं? व गाँमा: चने न्ह्य:ने वल कि जिम्तला वास्ता ए याइमखु छं, वं ब्वने फ: धायेवं जिम्ता अपायसकं हेपे यायेमा:ला? स्व जिउ नुगलये ह्वाराह्वारा मि छ्वयाच्वन, स्यूला छं? का थ्व हे ऐला का जिउ पासा छंगु नामय्" - (अनुवाद: तँलाइ मैले कति मन पराउछु थाहा छ ? त्यो गाँमा: चने (नेवारी बोल्न नजान्नेलाइ गाँमा: भनेर हेपिन्थ्यो) अगाडि परेपछि हामीलाइ वास्ता पटक्कै नगर्ने । त्यो अलिकति पढ्न सक्ने भएर तैले हामीलाइ त्यस्तो हेपेको ? हेर मलाइ यहाँ छातिमा हुरहुर आगो बलेको छ बुझिस? इ, ल यहि रक्सि हो मेरो साथि तेरो नाउँमा, ल हेर ।) यस्तो भन्दै रत्नले जात्रा गरेर रक्सि खाँदै हल्ला गरेर बरबाद नै पार्यो । हत्तपत्त अरु होशमा रहेका साथिहरु र चना समेत मिलेर रत्नलाइ सुनसान केब (करेसाबारी) तिर लगेर शान्त पार्ने र रक्सिको नशा कम गराउन भोमिट गराउने आदि गर्न थाले । (पछि गएर रत्न भयङकर जँड्याहा नै भयो र रक्सिले फिट्टु भएर मोटरसाइकल चलाउँदा दुर्घटना भएर उनको निधन भयो । बिचरा ) रत्नको त्यो क्षणिक बहुलठ्टीले गर्दा सबैको अगाडि प्रतिमा तमासा बनीसकेको थियो । अपमान र बेइज्जतिको पीडामा ह्वाँ ह्वाँ रुँदै प्रतिमा घर फर्किएछिन । चनालाइ साह्रै साह्रै बोर लाग्यो यो घटनाले । "चना र प्रतिमा लभर" भन्ने हल्ला जतिसुकै चले पनि त्यो यथार्थ थिएन भन्ने कक्षाका सबैलाइ थाहा थियो । तर यो घटनाले कक्षाको सिमाना बाहिरसम्मै यो कुरो पोखियो । चना र प्रतिमाको नामसँग जोडिदै रत्नको हर्कत चियापसलमा हुने गफको मसला बन्यो भने चना र प्रतिमाको सम्बन्ध के रहेछ त भन्ने खुल्दुली पनि त्यस्तो गफको अभिन्न अंग भयो । कुरा गर्नेले अड्कलबाजिमा अनेक थरि कुरा गरे । घरसम्म आतेजाते भएको देखेका टोलका मान्छेहरुले त्यस्तो गफमा नानाथरी मसला थपे । बिमलले "देखिस, मैले तँलाइ पहिलेइ भनेको होइन? माम्पाखा, देखिस, बेकारमा यत्रो टेन्सन भयो अब ।" भन्यो चनालाइ । मानौ चनाकै कारण प्रतिमाको बेइज्जत भयो भने जस्तो । त्यसपछि चनाले प्रतिमाको घर जाने साहस जुटाउन पनि सकेन, गएर के भन्ने कस्तो कुरा गर्ने ठम्याउन पनि सकेन । बलबहादुर दाइले "जे सुकै होस गएर एकपल्ट कुरा गर । तिम्रो केहि गल्ति छैन भनेर उनले पक्कै बुझेको हुनु पर्छ ।" भनेको थियो, तर चनाले गएर कुरा गर्ने हिम्मत जुटाउनै सकेन । नशा उत्रेपछि रत्न फेरि बिमललाइ साथलिएर चनाको घरमै आएर माफि माग्यो । चना प्रतिक्रियाबिहिन थियो । चियापसलतिर हुने गफमा यो प्रसङ्ग चलेको बेला रत्न आफैले "चनाको केहि दोष छैन, म आफै मुर्ख भएको हो, केटाहरुले रक्सि ख्वाएर मलाइ बित्थामा जोस्स्याइदिएकोले यस्तो भएको हो " भन्दै स्पष्टिकरण दिदै हिडेको छ भनेर बिमलले थप्यो । तर हल्लाको तरङ्ग आफ्नै सुरमा तरङ्गिरहेको थियो । बिमलले रत्नलाइ "प्रतिमासित पनि माफि माग्न जाउ" भनेर सुझाव दियो । चनाले पनि राम्रो सुझाव हो भन्ने ठानेको थियो । त्यसको ३-४ दिनपछि यहि बिषयमा माफि माग्न रत्न प्रतिमाको घर गएछ । तर रत्नलाइ प्रतिमाको दाजुहरुले "मेरो बहिनिको बेइज्जत गर्ने?" भन्दै बेस्सरी पिटेर पठाएछन । किंकर्तव्यविमुढ चना रत्नलाइ हस्पिटलमा गएर भेट्न जान पनि सकेन । भेट्न गएर के भन्ने? उल्टै "यहि मोरो चनाले गर्दा हाम्रो रत्नले कुटाइ खायो " भन्दै रत्नको परीवारले आक्रोश पोख्ने पो हो कि भन्ने डर भो चनालाइ । *******************************************************************************************
Read Full Discussion Thread for this article