Posted by: Rahuldai April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ७" यसरी पहिलो पल्ट जीवन मा कुनै पदक जित्यौं र त्यो पनि तत्कालीन महारानी को बाहुली बाट । खुशी को सीमा रहेन । समारोह बाट सिधै घर पुगें र पिताजी को हात मा त्यो चाँदी को तक्मा राखी दिएं र धेरै बेर हामी बाबु छोरा रोइरह्यौं । त्यो आँशु, खुशी को मात्र थिएन। हामी यसकारण पनि रोयौं कि भित्ता मा झुन्डिएको त्यो तस्बीरले जिस्काइरहे जस्तो लाग्यो। तस्बीरमा त्यो "सुन को "तक्मा" टल्किरहेको थियो। त्यो बिबशता याद आयो, त्यो अमुल्य चीज बेच्न गएको क्षण याद आयो। र हामी बाबु छोरा रोयौं। त्यो द्रविता स्थितिलाई मुश्किलले संहालें। अचानक मेरो मनस्थितिमा एउटा कुरो आयो र भनी हाले" बाबा, यहि हातले त्यो तक्मा बेचेको हुं, अब यहि हात ले त्यस्को बद्लामा १० ओटा तक्मा जित्ने छु। मलाई आशिष दिनुस्।" पिताजी भित्रको मान्छेले के सोचे त्यतिबेला, थाहा भएन तर पिताजी को भाव मा केहि उज्यालो देखें। अझै असक्त, बिबश बुबाले खासै केहि त भन्नु भएन तर इशाराले गर भन्नु भयो र बडो कठिनपूर्बक आफ्नो पबित्र हात मेरो शिरमा राखी आशिश दिनु भयो। यसरी समय घिस्रदैं थियो। पिताजी को स्वास्थामा सुधार हुंदै अब बिना लौरो र साथीको सहारा, सुस्त सुस्त हिंड्न सक्ने हुनु भयो। बिस्तारै टोला बजार घुम्न थाल्नु भयो। लामो समय सम्मन् को अस्पताल् को एकान्त बास् र घरको सानो कोठाबाट् निक्लेर् खुल्ला हावामा बिचरण गर्न पाउनु भयो। उता, स्कूलमा आफ्नो पढाई को रफ्तार् सङ्ग् सँगै अतिरिक्त कृयाकलाप जारी थियो। त्यतिबेला ( हाल संम पनि)हरेक् बर्श कमला पुरस्कार् निबन्ध प्रतियोगिता हुने गर्दथ्यो। त्यो सालको निबन्ध प्रतियोगिता जानेको नेत्रित्व मैले गरें। बिगत २ बर्ष् देखि हाम्रो स्कूल् ले जितेको त्यो उपाधि रक्षा गर्ने जिम्मा मेरो थियो। निबन्ध प्रतियोगितामा लेख्न गैयो। राम्रो नै लेखें जस्तो लाग्यो तर डर् भने बाकी रह्यो। आफ्नो भाषा (बोलिचालीको) भाषा नेपाली न भएको र भाग लिन आउने अधिकांश् हरु को अनुहारको बान्की देखेर् तर्सें पनि। निबन्ध् प्रतियोगीता को पनि रिजल्ट् भयो। प्रथम भए छु। नेपाली का शिक्षिकाले पहिला थाहा पाई मलाई बधाई दिए। मेरो लागि अर्को एउटा खुशी आकाशबाट् झरे जस्तो। आश् गरे भन्दा बढी। केही दिन पछि नै राणा प्रधान मन्त्री पद्म् शंशेर् को दरबार मा पुरस्कार बितरण् समारोह् भयो। पद्म् शंशेर् को जीबित् रानी कमला अँफैले सुन् को तक्मा लगाइ दिनु भयो र एक् ठेली पुस्तकहरु दिनु भयो। बडो गर्बिलो मुद्रामा घरा पुगें र पिताजी को हातमा यो पाली चाँही सुन् को तक्मा नै हाली दिएं। मैले खाएको कसम् पूरा गर्ने यात्रा को तो दोस्रो पदाव् थियो त्यो।बुवा खुशी हुनु भयो नै। यसरि स्कूल मा अफ्नो प्रगति आशातित् रुपमा हुदैं थियो। सर् मिस् हरु अब एस् एल् सी मा बोर्ड् हान्नु पर्छ भनेर भनि रहनु हुन्थ्यो। त्यहि बिचमा घर् मा फेरि अर्को चिन्ता थपियो। उमेर् पुगेको दिदि को बिहे को कुरा चलेको रहेछ। राम्रो खान्दान बाट् प्रस्ताब आएको रहेछ। केटा पक्षले त्यहि साल बिहेगर्ने कुरामा जोड् दिन थाले। आमा बुबा अनि दाइ सबै चिन्तित् थिए। बिहे को जोरजाम् कसरि गर्ने भनेर। भर्खर् हात मुख जोड्ने समस्या बाट् मुक्ति के मिले थियो, बिहे जस्तो खर्चको पहाड् उचाल्ने कसले र कसरि? जटिल् समस्या। अफ्नो कर्तब्य बाट् म मात्र कहाँ भाग्न सक्थें र? आफुले सक्दो गर्नै पर्यो। र मैले अब देखि अतिरिक्त १ घण्टा काम गर्ने र १ घण्टा कम् सुत्ने प्रस्ताब राखें। एस् एल् सी को बोर्ड् भन्दा पनि परिवार् को खुशी को लागि पसिना बगाउने कठोर् निर्णय गरें मैले। र दैनिक् अतिरिक्त संअय काम गरें। यसै बिच मा आनन्द् कुटि स्कूल् को आयोजनामा अन्तर् माध्यमिक नेपाल् भाषा हाजिर् जवाफ् प्रतियोगिता सुरु भयो। स्कूल् को नेत्रित्व गर्ने फेरि मौका पाएं। सुरु को चरण देखि औसत तर जित्न पुग्ने प्रदर्शन गर्दै फाइनल पुग्यौं। फाइनल जित्ने आश न भए नि फाइनल पुगे पछि झिनो आश त जाग्छ नै। फाइनल मा हाम्रो प्रदर्शन अति नै उत्तम रह्यो र ठुलै अन्तर् ले प्रतियोगिता जित्यौं। भिमकाय शिल्ड् उचाल्ने मौका पाएं र साथमा फेरि एउटा सुनको तक्मा। प्रदर्शन् स्थलबाट् स्कूल् मा संअर्थक् हरुले लावा लस्कर् सहित् अबिर् जात्रा गर्दै सबै भन्दा पहिला मेरो घर् पुर्‍याए। चोक् पुरै बिजय उत्सबले रंगीन भयो। बाजा गाजा कहाँ बाट् ल्याए कुन्नि। बुबा रात को ९ बजे घरबाट् निस्कनु भयो र चोकमा अौनु भयो। धेरै बर्ष पछि स्कूले केटाहरु सङ्ग नाच्न थाल्नु भयो। म एक् तमाश ले पिताजी नाचेको हेरि रहें। उन्को मुहार् को कान्ति पढिरहें। धेरै बेर् त्यो बिजय उत्सब मनाइ रहे। मैले पिताजी को त्यो सुनको तक्मा त कहाँ फिर्ता ल्याउन सक्छु र, तर हराएको मुस्कान भने फर्केको देखें। र असक्त शरीर मा जीवन संचार् गर्न सकेको मा सन्तोष को सास् फेरें। क्रमश:
Read Full Discussion Thread for this article