Posted by: Poonte April 18, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
खै, यो सानो मान्छेको सानो मगजले त के जानुम्? हिजो आफु नभा' बेला पारि कुम्ले चतुरले फेरि के के जाति निवेदन हालेछन्, बरु चित्रे सोझो ले पो ल्याएर मुलाई देखाइदिए। औधी बेश केटो हो चित्रे नि। राहुलदाई नियेधिसको नि निको चाला त लाएन के रे, मु त गएं सिधै माउबादीको जन सरकार काँ उजुरी हाल्न। कामरेडहुरले सबै कुरा बुझे के रे, अनि हेऽऽऽऽऽऽऽऽऽरि यो पत्र नियेधिस राहुलदाई लाई लएर दिनु भने। के जानुम्, के लेखेचन्, गाम्लेहुर सबैले हेर: ***************************************** जन सरकार क्षेत्रिय प्रशासन साझाल्यान्ड मिति: ४ बैशाख, २०६४; तदअनुसार, १७ अप्रिल, २००७ बिषय: श्री पुन्टे vs पराधीन कुम्ले न्याधिश श्री राहुलदाई, लाल सलाम! माथि उल्लेखित मितिका दिन, अपरान्ह ३ बजे, श्री पुन्टे हाम्रो कार्यालयमा उपस्थित भई साझा चौतारीमा घोर अन्याय हुन थालेको उजुरी हाल्नु भई, सच्चा न्यान निसाफको माग राख्नु भएको कुरा अवगत गराउन चाहन्छौं। साझा चौतारीको न्याय सम्बन्धि जिम्मेवारी पूर्ण रुपले तपाईं कै भएको, र तपाईंको अन्तिम फैसला नआउन्जेल माथि उल्लेखित बिषयको सरोकार तपाईं नै रहनु हुने कुरामा हाम्रो कुनै दावा नरहेको कुरा पनि अवगत गराउन चाहन्छौं। तर, कुम्ले नामक चतुरले पछिल्लो पटक पेश गरेका निवेदन आपत्तिजनक र बिरोधास्पद देखिएको हुँदा, उक्त निवेदनलाई तपाईंको अदालती मुद्दामा समावेश गर्न नमिल्ने, र गराईएमा तपाईं माथि पनि कारवाही गर्न हाम्रो प्रशासन बाध्य हुने कुरा पनि जानकारी होस्। सम्पूर्ण नेपाल राष्टृ नै गणतन्त्र उन्मुख भई प्रगतिशील पथमा लागि रहेका बेला, धृणात्मक सामन्तवादी , दासिन भाषा र शैलीमा लेखिएको उक्त निवेदन मुद्दामा समावेश गर्न लायकको त नहुँदो हो नै, त्यस निवेदनको भाषा र शैली हेर्दा, श्री पुन्टे माथि सामन्तवादी मण्डलेहरुको षडयन्त्र आई लागेको कुरा हाम्रो बुझाईमा परेको छ। उल्लेखित बुंदाहरुलाई ध्यानमा राखि श्री पुन्टे र कुम्लेको मुद्दामा सहि फैसला नआएको देखिएमा, सामन्ती पराधीन कुम्ले लगायत तपाईं माथि पनि कडा कारवाही गर्न बाध्य हुने हाम्रो प्रशासनको निर्णय बुझिलिनु होला। साँची कै सोझो हुँ भनि दावा गर्ने सामन्ती कुम्लेको ज्यान नै बङ्ग्याउने क्षमता हाम्रा ईमान्दार काद्रेहरुमा रहेको कुरा यहाँलाई सम्झाई राख्नु नपर्ला। साझाल्यान्ड एरिया कमान्डर, कामरेड बेताल (ढाँयं ढाँयं, ढिंच्याऊँ)
Read Full Discussion Thread for this article