Posted by: chanaa_tarkaari April 17, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम है गाम्लेहरु !! चहलपहल निकै र'छ - सबैलाइ मन्तयेक छ जस्तै माने के रे । भैरे को गाममा एउटा बहुला'को चिम्सेले भटटटट गरि भ्या'छ के रे - आङै सिरिङ्ग । धन्न पशुपतिनाथआ किरपाले हाम्रा गाम्लेहरुलाइ केइ भ'न'छ । छिमेक गामको मास्टर नि परेछ तेहाँ ! है । न बिराउनु न डराउनु भनेर के गर्ने ? पागलको अगि दैव डराउनु । आज फेरि सप्पैजनालाइ मदर सँउजिने रोग लाएजस्स छ के रे । आफु त मदर्स डे को हप्तादिन अगाडि देखि नै मदरलाइ सम्झेको सम्झेइ । तिम्रो प्रिती प्रगती-पथकोज्योती हो मेरो लागि तिम्रो दृष्टि जिवनभरिको कान्ति भो मेरो लागि आमा तिमी भुवनभरकी देवी हौ मेरो लागि दियौ जन्म पृथीवीतलमा धन्य छौ मेरो लागि मिसको कविता पेस्टेको नि , राँउरो लाओ के । हिजो मात्रै २ घण्टा फुनाँ कुरो अरियो के रे, के अर्नु गाँठे, दु:ख सु:ख यस्तै उता मदर सनलाइ सँउजिने, यता सन मदरलाइ सँउजिने । "यताको चिन्ता नअर बाबु, राँमरि खाएस, काम राँमरि गरेस, छोर्छरी र ब्वारीलाइ राँमरि हेरेस" भन्थे के रे । तर तो कर्णदासले गा'को गीत छ नि "परदेशबाट छोरो फर्केन" भन्ने गीत सुन्दा मन भक्कानिन्छ हौ । तैपनि सुन्न मन लाग्छ । कसैसित ति गीत भए यहाँ हालम न । लु ठुल्दाइले किरिकेटि र चिलिम छोडेर नियाँदिस बन्न ला'रैछ - कुम्ले, पुण्टे, बाजाबाज, चोपस्टिकले आँखामा घोच्ला फिरि अलि पर बस है कुम्ले, त्यो पुण्टेको भर छैन, हाताँ जे छ तेइ चलाउँछ तेल्ले । दुर्गे, रेल मि (नयाँ हो कि मैले नाउँ था' नपा हो?), धन्नेवात है कथा पढेर कोमेन्त गरेकोमा । खै अरु को कोल्ले पढे कि पढेनन । सान्नानीले पढ्छु भन्थि । लोब स्टोरी नभएर हो किन हो, थुलिलाइ कथा मन परेन जस्तो छ । लु यो गफ यत्तिकै, अब आजआ भाग कथा - भाग - १० --------------- त्यसपछिका दिनमा चना अरु साथिहरुको घर आवतजावन गर्ने क्रम निकै कम भयो, करीवकरीव बन्द नै भयो । गगन र प्रदिपले बेला बेला बोलाउँथ्यो, कहिलेकाही जान्थ्यो केहिबेर गफसफ गरेर फर्किहाल्थ्यो । बेलाबेलामा हिसाब अंग्रेजि सिकाइदेउ भन्थे तर चना भने "तिमीहरु म भन्दा तगडाहरुलाइ मैले के सिकाउनु पर्छ?" भन्दै तर्कन्थे । "भाउ नै बढी यो चने" भन्थे अरु केटाहरु । "म दश नम्बर वाला । १ देखि ९ सम्मको कसैलाइ पनि म केहि सिकाउने वाला छैन ।" अनि हाँसो हुन्थ्यो एकछिन र सरमिसले पक्षपात गरेको कुरा हुन्थ्यो फेरी । स्कुलमा चनाले लास्ट बेञ्च धेरै रोज्न थाल्यो । सरमिसहरुसित चनाको दोहोरो संवाद लगभग बन्द नै भएको थियो । बेला बेला प्रतिमा र दुर्गा चनासित लास्ट बेञ्चमै बस्न आउन थाले । तिनीहरु प्राय: केहि न केहि सिक्ने वा सोध्ने निहुँ बनाउथे । प्रतिमा अघिल्लो बर्षदेखिनै चनासित एउटै सेक्सनमा रहदै आएकी थिइन । चनाको कुरालाइ लिएर भुतालाभुताल झगडा गरेकि दुर्गासित सुजना र अन्जुको बोलचाल थिएन । स्कुलबाट फर्किने बेला प्रतिमाले चनालाइ "मेरो घर जाउँ" भन्थी । प्रतिमाले चनालाइ उनको घर बोलाउन अति नै कर गर्ने गर्थी । गएन भने बेलाबेला प्रतिमाले स्कुलबाटै चनाको किताब कापी थुतेर लग्ने, दिदै नदिने, चनाको घरसम्मै आएर बोलाउने, चनाको घरमा आएर अबेरसम्म यतिकै बस्दिने इत्यादि गर्ने गर्थी । र दुर्गाले प्रतिमालाइ साथ दिन्थी । चना, दुर्गा र प्रतिमा एकआपसमा धेरै मिल्न थाले । अन्तीम परीक्षा नजिकिदै गरेकोले कहिले प्रतिमाको घर, कहिले चनाको घर, कहिले दुर्गाको घर अनेकौ पल्ट आतेजाते हुन थाल्यो । फाइनल जाँचको लागि सँगै बसेर पढ्ने निधो गरे । हुन पनि चनालाइ जाँचको बेला आफ्नैघरमा बसेर पढ्ने मन त्यति थिएन, किन कि कमल, अमर, गगनहरु जुनसुकै बेला पनि चनाको घरमा आइहाल्थ्यो । जाँचमा थोरै नम्बर आएपनि उनीहरुलाइ थाहा थियो उनिहरुले नसकेको हिसाबहरु पनि चनाले मिलाउछ भनेर । त्यसैले धेरैजसो प्रतिमाको घरमा जमघट हुन्थ्यो । प्रतिमा र दुर्गासित चना यसरी मिलेर पढ्न थालेको हुँदा अरुले उनीहरुको इर्ष्या गर्ने गर्थे । सबैभन्दा जलन शायद सुजनालाइ हुन्थ्यो । उनको अनुहार र ब्यवहार हेर्नलायक हुन्थ्यो । दुर्गा नभएको बेला चनासित आएर खूब कुराकानी गर्ने गर्थी । मुख्यत: दुर्गाको कुरा काट्ने गर्थी । तर दुर्गासित बोलचाल नभएकोले दुर्गा अगाडि परेको बेला सुजना नजीक पर्दैन थि । प्रतिमा भने स्कुलमा हुने ब्रेक टाइम र खाली समयहरुमा चनासित सँगसँगै हुन थाली । यसले गर्दा "चना र प्रतिमा लभर" भन्ने पुरानो हल्ला फेरि चल्न थालेको थियो । यस्तो हल्ला चनालाइ पटक्कै मन परेको थिएन तर प्रतिमा र दुर्गाले अरुको यस्ता कुरा एक कानले सुनेर अर्को कानले उडाउन सल्लाह दिन्थे । चनाले धेरै जनासित खासै समय नबिताउने हुनाले उसलाइ यो हल्ला कत्तिको फैलँदो छ राम्ररी थाहा थिएन । बेलाबेलामा बिमलले जिस्किदै "के हो तेरो? हल्ला त चर्को छ नि । त्यो केटिसित धेरै नजिक नबन है, बेकारमा तँलाइ टाउको दुख्ला " भन्थ्यो - "तँलाइ थाहा नै छ नि । हामी पहिलादेखि कापी साट्ने, मिलेर पढ्ने गरेको" भनेपछि कुरो सक्किन्थ्यो । "थाहा छ मलाइ, अरुले कुरा काट्छ के । अरुले धेरै कुरा काटेको राम्रो हुदैन के ।" भन्थ्यो बिमल । अन्तिम जाँचको बेला दुर्गालाइ टायफायड भयो । सरुवा रोग हुनाले बिरामी हेर्न जाँदा पनि दुर्गालाइ कोठाबाहिरैबाट कुराकानी गर्नु पर्यो । साह्रै दुब्लाएकी थिइन दुर्गा । जाँच दिन पनि पाइनन । प्रतिमा र चना दुबैले राम्रै गरे जाँचमा । छुटहरुलाइ मात्रै लिने छुट्टै जाँच दिइन दुर्गाले पछि । रिजल्ट कुर्दै मीनपचासको विदा कटाउने बाहेक खास काम थिएन । जाँच पछि पनि प्रतिमाले चनालाइ भेटन बोलाइरहन्थ्यो, तर धेरै हल्ला चलेपछि बलबहादुर दाइको डायलग खाएकोले चनालाइ प्रतिमासित धेरै भेट्न पनि रुचि लाग्दैनथ्यो । बलबहादुर दाइको कुरा चनाले साह्रै मान्थ्यो र बलबहादुर दाइ पनि चनाको ख्याल राख्ने गर्थ्यो । उहाँको डायलग खाँदा चनाले पहिलोपल्ट प्रतिमासित धेरै नजीक भएकोमा गल्ती गरेको महशुस गर्यो । चनाले प्रतिमाको बिषयमा सोच्न थाल्यो । "कस्ति केटि हुन यिनी, अरु केटिहरु मान्छेले कुरो काट्छ भनेर कस्तो होशियारी अपनाउँछन् यीनलाइ त फिक्रि नै छैन । यीनको परिवार पनि कस्तो होला? अरु केटीहरुको परिवारमा कोहि केटामान्छेहरु आउनजान थाल्यो भने अनेक सोधपुछ शंका उपशंका हुन्छ, यीनको परिवारमा त्यस्तो पनि केहि छैन । झन मेरो घरमा समेत निर्धक्कै आउछिन । " चना आफैले केहि गल्ति गरेको त थिएन, तर बलबहादुर दाइले भने जसरी "अनावश्यक रुपमा धेरै भेटघाट गरेर जानाजान केटिमान्छेलाइ समाजमा अनेक शंकाउपशंकाको पात्र बनाउनु बेठीक हो । सेतो सफा कागज हो केटी मान्छेको इज्जत र यो समाजले भेटघाटमात्रलाइ पनि इज्जतमाथि प्रश्न खडा गर्ने हतियार बनाउछ " भन्ने कुरोले चनालाइ बेचैन बनाएको थियो । प्रतिमा आखिर किन यस्ती? भन्ने चनाले बुझ्न सकेको थिएन न त के गर्दा होला भन्ने नै थाहा थियो चनालाइ । चनाको एकमनमा लाग्यो एउटा पत्र नै लेखुँ र भन्दिउँ कि "मैले गर्दा तिमीलाइ अप्ठेरो परेको छ, म तिमीलाइ समस्यामा पार्न चाहन्न त्यसैले अवदेखि भेटघाट नगर्ने, मेरो घरमा तिमी नआउ, म तिम्रो घरमा पनि आउन्न" भनेर । तर चना डरायो, कतै त्यहि पत्रले अर्को समस्या पो ल्याउने हो कि? अथवा यस्तो पत्रलाइ नै प्रेमपत्र भन्ठानेर अर्को बबाल मच्चिने त हैन ? वास्तवमा चना त्यो समयसम्म निकै डरपोक बनीसकेको थियो । राम्रो गर्न खोज्दा खोज्दै सबैको नजरमा नराम्रो बन्न पुगेको लघुताभास थियो । गर्दै नगरेको गल्तिको सँजाय निरन्तर भोगेको महशुस गरेको चना हरेको बिषयमा द्विबिधारत हुनथालेको थियो । त्यसैले बलबहादुर दाइसितै सल्लाह गर्यो चनाले के गर्दा होला भनेर । "यदि तिमीलाइ प्रतिमा मन पर्छ भने ठीकै छ पत्र सत्र दिनु पर्दैन चुप लागेर बस । तिमी सानै छौ लभसभ गर्ने टाइम भएको छैन । बेलाबेला भेट्नु । बिस्तारै ठीक हुन्छ । " बलबहादुर दाइले थपे - " हैन तिमीलाइ मन पर्दैन भने पनि पत्र नदेउ । खाली तिमि उसको घरमा नजाउ र उ तिम्रो घरमा आएको देख्यो भने तिमि पहिलै घरबाट बाहिर जाउ, घरमा नबस । सकेसम्म भेट्दै नभेट । अलिदिन पछि उसले नि वास्ता गर्दैन तिमी पनि वास्ता नगर ।" बलबहादुर दाइको यो सुझाउ चनालाइ कस्तो कस्तो लाग्यो । साथिहरुमाझ आफु एक्लिदा पनि प्रतिमाले कस्तरी साथ दिएको थियो - त्यो सम्झ्यो । "कसरी त्यस्तो रुखो ब्यबहार गर्नु प्रतिमासित?" चनाले ठोस निर्णय गर्न सकेन तर सकेसम्म नभेट्ने विचारमात्रै गर्यो । *******************************************************************************************
Read Full Discussion Thread for this article