Posted by: shirish April 16, 2007
डीभी पीडित संघ
Login in to Rate this Post:     0       ?        
डीभी पीडितहरूले अनसन तोडे काठमाडौं, अप्रिल १६ सात दिनदेखि आमरण अनसन बस्दै आएका डीभी पीडितहरूले सोमबारदेखि अनसन तोडेका छन् । अनसनमा रहेका डीभी पीडितहरूलाई भेट्न अनसनस्थल पुगेका मानवअधिकारकर्मीहरूले, पीडितहरूको माग पूरा गर्न आफूहरूले पहल गर्ने जनाएपछि उनीहरूले अनसन तोडेका हुन् । आमरण अनसनमा बसेकाहरूलाई मानवअधिकारकर्मी पद्मरत्न तुलाधरलगायतले जुस खुवाएर अनसन तोडाउनु भएको थियो । यसैबीच नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ.मोरियार्टर्ीी डिभी पीडितहरूको समस्याको पुनरावलोकन गर्ने बताउनुभएको छ । सोमबार परराष्ट्रमन्त्री सहाना प्रधानसँग भएको भेटवार्ताको क्रममा उहाँले डिभी पीडितहरूको निवेदनका बारेमा पुनरावलोकन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फ् आफ्ना सबै सङ्र्घष्ाका कार्यक्रम फिर्ता लिन डिभी पीडितहरूसँग आग्रह गरेको थियो । केही महिनाअघिदेखि चरणबद्ध आन्दोलन गर्दै आएका पीडितहरू यस अघि पनि दूतावासकै कार्यालय अगाडि एक सय दिनसम्म रिले अनसनमा बसेका थिए । अमेरिका जान आवश्यक पर्ने भिसा पाएर पनि अमेरिका जान नपाएपछि क्षतिपर्ूर्तिको माग गर्दै डिभी पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । स्रोत : स्वससे
Read Full Discussion Thread for this article