Posted by: gahugoro April 16, 2007
big news in Nepal
Login in to Rate this Post:     0       ?        
क्यानाडामा नेपाल नम्बर प्लेट दिनेश वाग्ले काठमाडौं, वैशाख २ - नेपालमा आधिकारिक रूपमा टोयोटाको कार भित्रिएको शनिबार ४० वर्षपुगेको छ तर यो समाचार क्यानाडाको हो । त्यहा“को अल्बर्टर्ाााज्यमा अचेल एउटा टोयोटा कोरोल्ला गुड्छ जसको पछाडिको नम्बर प्लेटमा अंग्रेजीमा 'नेपाल' लेखिएको हुन्छ । चालक सिटमा महादेवटार, काठमाडौंकी सुजाता पौडेल हुन्छिन् । उनलाई एडमन्टन सहरका सडकमा गाडी चलाउने अन्यले हल्का हर्न बजाएर उक्त प्लेट मन परेको संकेत गर्छन् । दर्ुइ वर्षघि गंगालाल हृदयरोग केन्द्र छाडेर क्यानाडा पुगेपछि हालै अल्बर्टर्ााटेट हस्पिटलमा काम थालेकी यी २६ वर्षो स्टाफ नर्सले स्वदेशको प्रचार गर्न यो उपाय अपनाएकी हुन् । 'नजिकै आएर तिमी नेपालबाट आएकी हौं - भन्दै सोध्छन्,' इमेल वार्तामा सुजाताले कान्तिपुरस“ग भनिन्- 'त्यतिबेला 'हो' भन्दा गौरवान्वित हुन्छु । कसै-कसैले नेपालबारे सोध्छन् ।' हस्पिटलमा उनको नेपाल प्लेट देखेपछि प्रभावित एक डाक्टरले आगामी 'तलबी बिदा' मा नेपाल आउने निर्ण्र्ाागरेका छन् । अमेरिकाका ५० र क्यानाडाका नौ राज्यले गाडीधनीलाई उनीहरूको डिजाइनको नम्बर प्लेट प्रयोग गर्न दिन्छन् । त्यस्तो प्लेट चालकले आफैं बनाउन पाउ“दैनन् । 'गाडीधनीले चाहेअनुसार सरकारले प्रिन्ट गरिदिन्छ,' अमेरिकाको टेक्सासदेखि क्यानाडाको अल्बर्टर्ााम कामको सिलसिलामा भ्रमण गरिरहने सुजाताका साथी प्रकाश पौडेलले भने- 'त्यो नक्कल हुन नपाओस् भनेर सुरक्षण विधि अपनाइएको हुन्छ । एउटा शब्द एउटा प्लेटमा मात्र प्रयोग गर्न पाइन्छ ।' नक्कल गरे गैरकानुनी ठहरिन्छ । प्लेटमा गाडीधनीले चाहेको अक्षरबाहेक राज्यको नाम -अल्बर्टर्ाा चिह्न -गुलाब), मन्त्र -वाइल्ट रोज कन्ट्री) लेखिएको हुन्छ । विशेष शब्द या अक्षरहरूको अनुरोध नभए सरकारले सामान्यतः तीन अक्षर, ड्यास र तीन अंक -एबीसी-७८९) दिन्छ । 'नेपाल' शब्द सुजाताले मात्र प्रयोग गर्न पाउ“छिन् तर नेपाली, एभरेस्ट या लुम्बिनीजस्ता शब्द सम्भवतः प्रयोगमा आएका छैनन् । अमेरिका र क्यानाडामा रहेका अन्य नेपालीलाई आफ्नो परिचय झल्काउने शब्द प्रयोगमा प्रोत्साहित गर्न खोजेको सुजाताले बताइन् । त्यस्तो प्लेट बनाउन अमेरिकामा एक सय डलर र क्यानाडामा त्यहींको दर्ुइ सय डलरजति पर्छ । अल्बर्टर्ाा करिब दर्ुइ सय नेपाली छन् र त्यहा“ उनीहरूले नेपाली समाज स्थापना गरेका छन् । करिब १५ नेपाली परिवार आफ्नै घरमा बस्छन् भने बा“की भाडामा । कार चलाउन रुचाउने नर्सले हालैको बिदामा पश्चिमी अमेरिकी राज्य क्यालिफोर्नियाको लङ वीचदेखि पर्ूर्वी राज्य भर्जिनियासम्मको सात हजार दर्ुइ सय किलोमिटर पार गरिन् । 'यो प्लेटले मलाई अन्य नेपालीस“ग चिनाजानी गराएको छ,' उनले भनिन् । प्रकाशका अनुसार टेक्सासमा केही नेपालीले प्लेटमा 'पोखरा', 'काठमाडौं' जस्ता शब्द लेखेका छन् । आफ्नो गाडीको प्लेट न हो, लेख्न के पाइ“दैन । त्यसैले कतिपय अमेरिकी सहरमा राष्ट्रपति जर्ज डब्लू बुसप्रति कटाक्ष गर्ने सन्देश लेखिएका कारहरूसमेत दौडिन्छन् । Posted on: 2007-04-15 21:45:35 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=106736
Read Full Discussion Thread for this article