Posted by: shirish April 13, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल दीपक समीप मस्त बैँसालु नजरसँग नजर लडाउनुको मजा बेग्लै त्यही निहुँमा दर्ुइ चार बोतल चढाउनुको मजा बेग्लै । बेला यस्तो भयो, साँझपख अलिकति मातको रन्को लाग्यो त्यही रन्कोमा तिमीतिर पाइला बढाउनुको मजा बेग्लै । न हुँ म पण्डित कुनै न त हुँ मास्टर पाठशालाको र पनि तिमीलाई प्रेमशास्त्र पढाउनुको मजा बेग्लै । गए यदि धामी वैद्यकहाँ धेरैथोरै इलाज हुन्थ्यो कि जानीजानी आफूलाई प्रेम रोगमा सडाउनुको मजा बेग्लै । लागे आगो घरमा पक्कै पनि हार गुहार माग्थेँ होला तर त्रि्रो बैँसको आगोमा चुपचाप डढाउनुको मजा बेग्लै । -सोतीपसल, लमजुङ, हालः पोखरा I thought it was a nice ghazal but this line made it look so average. त्यही निहुँमा दर्ुइ चार बोतल चढाउनुको मजा बेग्लै ।
Read Full Discussion Thread for this article