Posted by: Rahuldai April 13, 2007
Login in to Rate this Post:
0
?
गजल
खुशी बेच्ने बजार खोज्दै हिंडेछु
लाख गुमाएर हजार गन्दै हिंडेछु ।
मुस्कानमा लुकाइका छुरा कहाँ देख्नु?
पटक पटक जुलियस सिजार हुंदै छु।
सुन्छु,कुकुर पनि एक दिन आउंछ रे
त्यहि कुकुर दिनको इन्तजार गर्दै छु।
धेरै देखें टाउका ठूला बिबेक सून्यहरु
मुर्कट्टाहरुको वस्ती गुल्जार देख्दै छु।
इमान खरिद बिक्री हुने मन्दीहरुमा
मलाई किन्ने फौबन्जार खोज्दै छु।