Posted by: chanaa_tarkaari April 11, 2007
Login in to Rate this Post:
0
?
ट्रलिबसका खलासिहरु
साह्रै चतुर थिए ।
पैसा लिने टिकट नकाट्ने
कमाउने तिनका उपाय ।।
देख्दा यस्तो बिद्यार्थिले
जिस्काइदिने अति ।
मुख छाड्थे खलासिले
लुकाउनलाइ खति ।।
कोहि खलासि बिद्यार्थिसितै
पैसा माग्न आउथे ।
तेरो बाऊको बस हो यो
भन्दै बिद्यार्थि बाझ्थे ।।
पुराना अनुभवि खलासिलाइ
थाहा हुन्थ्यो बिद्यार्थि चाला ।
साथिजस्तै ब्यवहार गर्थे
भए ड्रेस वाला ।।
नयाँ नयाँ खलासि भने
हुन्थ्यो साह्रै खडुस ।
बिद्यार्थिलाइ गाली गर्थे
भन्दै उपियाँ उडुस ।।
क्रमश:
-------------------------