Posted by: Rahuldai April 11, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग ५ हाम्रा पूरानो स्कूल का दिग्गझरु सँग खास् खुस् गरियो, अहं पत्ता लागेन । ती मध्य अंग्रेजीमा विद्वान कहलिने झा थर का मित्र ले यस्को समाधान निकाले । हरेक कृया (verb) मा एस्(s) थप्ने । बडो बिजयि भाव मा हरेक कृयामा एस् थपेर नेगटिभ सेन्टेन्स् बनाएर आइयो । लड्डु नै भए पनि म जस्तै धेरै ले नेगटिभ सेन्टेन्स् भन्ने कुना चरो को नाम थाहा न पाएको आबेदक हरु भए पछी भर्ना लिनै पर्यो। आठ् मा ठाँट साथ भर्ना भइयो। नया स्कूल, नया वातावरण, प्रदुशण रहित बागमती को पबित्र किनार थियो, बिश्व निकेतन। आधा जसो साथि भने पुरानै थियो, त्यसैले खासै घुलमिल हुन गाह्रो भएन। बिश्व निकेतन प्रबेश पछि म मा अचनक धेरै परिवर्तन् देखिए। हाइट् पनि हर्लक्क बढेर साढे पाँच फिट भए छ। शायद् ४० किलो को हुंदो हो, बुख्याँचा जस्तो। अझ भनुम्, सिन्का जस्तो। तर हाइट् ले गर्दा हो कि के ले गर्दा को सत्र को सुरु मै खैरे खैरे जस्तो अनुहार् भाको जय प्रकाश् सर् ले हल्ला ब्यबस्थापन गर्न मनिटर् नियुक्त गरि हाले। राहुले त मख्ख।पहिला पहिला त किलासका फस्ट हुने स्वत्: मनिटर हुन्थे । लड्डु राहुले मनिटर्- घिरौला जत्रो नाक भो । मनिटर भएको केही दिन मै, बिद्रोह भयो । क्लास टिचरलाई उजुरी हाले छ, बिना केही आधार मनिटर बनाएको ले हटाउनु पर्‍यो रे । लौ खत्तम्, मनिटर भएर दण्डा घुमाएको अलि बढी भए छ क्या र । क्लास टिचरले अब चुनाव गराउने भयो । किन छोड्नु आफुले पाएको पद भनेर्, उम्मेदबार बनियो । ७ जना थिए क्या र, राहुलेलाई को टक्कर दिन । १ दिन को प्रचार को टायम का साथ जिन्दगी मा पहिलो चुनाव लडियो । महिला साथी हरु म प्रती बढी नै मेहरबान भए छ, अत्याधिक मत ले मनिटर चुनिएं । ४ जना को त जमानत नै जफत भयो । अंग्रेजी मा मात्र लड्डु भन्थानेको त नेपाली त महा लड्डु रहेछु । आफ्नो नाम समेत अशुद्ध लेख्ने गर्दो रहेछु अहिलेसम्म । नेपाली पढाउने सम आदर्णिय मिस्, मन्जु अधिकारि ( राष्ट्र कबी, माधव घिमिरे ज्यु का सुपुत्री) ज्युले तेरो नाम नै अशुद्ध छ, तैले हामी पानी जस्ता सामान्य शब्द नै ह्रस्व लेख्छस्, कसरी एस् एल सी पास् गर्छस्, भनेर नराम्रो झापड दिनु भयो । हुन पनि यो राहुले ले जिन्दगी मा सिरियस् भएर पढेको कहिलेइ थिएन । सधैं हात मुख जोडने कर्म मा लागेको मान्छे । एक मन लाग्यो, अब म पढ्न सक्दिन होला, केही थाहा रैन छ । नेपाली त त्यस्तो झूर , अंग्रेजी त केही आउने होइन । पढेर न खाने रैछ । अब उहि औठिं बनाएर नै बस्नु पर्ला । अर्को मन ले भन्यो"होइन, त्यस्तो दु:ख मा त हरेश न खाई आज यहाँ सम्म आइपुगियो, किन प्रयास न गर्ने?" हो त नि चरेश खानु तर हरेश न खानु भन्ने उक्ती संझे । नेपाली क ख देखि ह्रस्व दीर्घ के हो सिक्दै गएं । मिस् समक्ष आफ्नी सिक्ने चाहना पोखें । मिस् ले सिकाउदै जानु भयो । क्रमश्: दिन् दुइ गुना रात् चौगुणा भने जस्तो सुधार् हुदै गयो। उता घरमा पिता जी स्वास्थ् जस्तै। अंग्रेजी मा पनि आधारभूत ब्याकरण देखि सिक्दै गएं। आदर्णिय के बी महर्जन, भूपाल लामिछाने र हेड सर् गम्भिरमान मास्के ज्यु ले यस्तरि अंग्रेजी सिक्ने बाटो देखाइ दिनु भयो कि ६ महिना न बित्दै अंग्रेजी त बुझे बुझे जस्तो भयो। केहि वाक्य लेख्न सक्ने भयो। त्यति बेला भित्ते पत्रीका निकाल्ने चलन् थियो। कक्षा आठ् को पनि ३ सेक्सन् थिए। हामीलाई भित्ते पात्रो निकाल्न भन्नु भयो मन्जु मिस् ले र मलाई प्रधान् सम्पादक नियुक्त गर्नु भयो। ( मन् मनै- नाम समेत् शुद्ध न लेख्ने सम्पादक) लेख रचना साप्ताहिक रुपमा हात ले लेखेर टास्नु पर्थ्यो। अनि भाषा शुद्ध न लेखी धरै भएन। अक्षर पनि क्षर जस्तो थियो। इज्जत को लागि भए नि सुन्दर् बनाउन लागि परियो। यसरि बाध्य भएर पनि होला, भाषा मा सुधार तिब्र गति मा भयो। लेखन मा मात्र होइन, बोली मा पनि सुधार् भयो। पहिला को स्कूल् मा पाढाउने नि नेवार्, पढ्ने नो नेवार्। नेपाली त बिरलै बोलिन्थ्यो। सहपाठि मारवाडि र २-३ जना ब्राम्हण हरु पनि नेवारि नै बोल्थे। टोल् छिमेक् मा नेपाली बोल्ने त "बाल्टीन" बालेर खोज्नु पर्थ्यो। २ ओटै त्रैमासिक परिक्षामा अपेक्षाकृत राम्रो अंक आए छ। कक्षा भरि को १०३ बिद्यार्थिमा लगभग ८ जना जति कुनै न कुनै स्कूल बाट् फस्ट् भएर आएका, १५ जना जति सेकेण्ड् भएका थिए। आफु पुछार् बाट् राम्रो अंक ल्याउने म परिए पनि, अब ती फस्ट् हुने हरुलाई पछार्न सक्छु कि जस्तो लाग्यो। फाइनल नि सकियो। राम्रो नै भयो। अब छैथौं सातौं इन्द्रयीले के जनाउ दिए भने"राहुले तं नै फस्ट् हुन्छस्" । सपना देख्न ठाले, फस्ट् भएको। रिजल्ट् हुने केहि दिन अगाडि घरमा काम गर्दै थिएं। दाइ ले अचानक सोध्नु भयो"तेरो रिजल्ट् कस्तो हुन्छ?" जिन्दगि मा पहिलो पल्ट कसैले मेरो पढाइ को बारे मा म सँग सोध खोज गरेको थियो । मैले नि अलि घुमाउरो पारा ले जवाफ फर्काएं । "राम्रो भएको छ तर।।।।।।।।।।।" तर के? दाई को प्रश्न को जवाफ मा मैले नि प्रश्न नै तेर्साएं । "म यसपाली फस्ट भएं भने के दिनु हुन्छ?" यस्तो हावादारी कुरा सुनेर हास्नु भयो र भन्नु भयो"तं जस्तो लड्डु फस्ट हुनै सक्दैन, ल भए छ भने तैले जे भन्छ त्यही किनी दिन्छु" । त्यसो भए मलाई एक जोर नयाँ लुगा किनी दिनु पर्छ साथमा एउटा जाकेट पनि भनेर भने । दाइ ले यो लड्डु ले दिउसै सपना देखे छ भनेर ल ल पहिला मार्कसीट ल्याउ अनि सपना देख भनेर भने । अनि त्यो दिन पनि आयो, रिजल्ट नि आयो । राहुले बेहोस्।।।।।।।।।। । । क्रमश:
Read Full Discussion Thread for this article