Posted by: sprakashp April 9, 2007
बोष्टन ब्यस्त !
Login in to Rate this Post:     0       ?        
अमेरिकामा नेपाली नयाँ वर्ष मनाउन अनेसास र ग्रेटर बोष्टन ब्यस्त शिव प्रकाश अप्रिल, १० बोष्टन, अमेरिका ग्रेटर बोष्टन नेपाली समाज बैशाख सन्ध्या - २०६४ सफल बनाउनका ब्यस्त छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, म्यासेच्युशेस च्याप्टर, बोष्टन साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रमका लागि लागिपरेको छ । नेपाली राष्ट्रिय नयाँ वर्ष, २०६४ का अवसरमा यी दुबै नेपाली सामूदायिक संस्थाहरुले छुट्टा-छुट्टै कार्यक्रमको आयोजना गरेर नेपाली नयाँ वर्ष मनाउने भएका छन् । तर दुबै संस्थाकाबीचमा पारस्परिक सम्बन्ध र सहयोग भने रहेको छ । अप्रील १६, सोमबार हुने वैशाख सन्ध्या कार्यक्रमलाई यसपटक समाजले केही भिन्न रुपले आयोजना गरी अझ प्रभावकारी बनाउने भएको छ । कार्यक्रम अवलोकनका लागि पारिवारिक सदस्यहरु र विद्यार्थीहरुलाई प्रवेश शुल्कमा विषेश छुट दिने व्यवस्था पनि गरेको छ । जस अनुरुप परिवारको पहिलो सदस्यलाई पच्चीस र क्रमशः दोस्रो तेस्रो आदिलाईर् पन्ध्र डलर मात्र प्रवेश शुल्क लिइने भएको छ भने विद्यार्थीलाई मात्र अठार डलर लिने व्यवस्था समाजले मिलाएको छ । उक्त वैशाख सन्ध्या, २०६४ समारोहका अवसरमा समाजले यसपटक जीवीएन्सी एजुकेशन फाउण्डेशन लगायत विभिन्न नयाँ कार्यक्रम तथा योजनाहरुको घोषण पनि गर्ने भएको छ । कार्यक्रमा विभिन्न नेपाली गीत/संगीत, नृत्य लगायत अन्य मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि समावेश गरिएको कुरा कार्यक्रमसँग सम्वद्ध एक सदस्यले जानकारी दिएका छन् । कार्यक्रम स्थलमा विभिन्न नेपाली खानाका परिकार सहितको रात्रीभोजको पनि व्यवस्था गरिएने भएको छ । वैशाख सन्ध्याको अर्को आकर्षण समाजद्वारा पहिलोपटक प्रकाशित शुभकामना स्मारिका-२०६४ को विमोचन पनि रहेको छ । कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई भव्यतका साथ सफल परिदिन यस न्यू इङ्ल्याण्ड क्षेत्रका नेपाली समूदायलाई ग्रेटर बोष्टन नेपाली समाजले हार्दिक अपील पनि गरेको छ । यसरी नै नेपाली साहित्य समाज, म्यासेच्युशेस च्याप्टर, बोष्टनले नेपाली नयाँ वर्ष, २०६४ को आगमनको दिन अप्रील १४ मा नेपाली साहित्य गोष्ठी तथा कृति विमोचन कार्यक्रम गर्ने भएको छ । वरिष्ठ साहित्यकार प्रा.डा. तारानाथ शर्माको प्रमुख आतिथ्यमा आयोजना हुने सो कार्यक्रममा च्याप्टरकी अध्यक्ष कवियत्री भारती गौतमद्वारा लिखित कविता संग्रह 'आकशमाथिको शहर' विमोचन गरिने भएको छ ।
Read Full Discussion Thread for this article