Posted by: Rahuldai April 9, 2007
अमेरिकामा पनि सफल
Login in to Rate this Post:     0       ?        
अन्सना बहिनिलाई बधाई छ । पत्रकार ले झुठो लेख्यो वा अन्सना ले झुठो बोल्यो, कुरो चाँही शिरिष जी ले भने जस्तै पहिलो दन्त बिज्ञान पढ्ने नेपाली चाँही पक्कै होइन । नेपाल् मा त्यो समाचार् सत्य नै संप्रेषण हुने गर्दछ। सत्य तथ्यलाई जांच परख गर्ने धृष्टता कहिलेइ गरिदैन। अमेरिका मा वातबरण बिज्ञान मा अन्डर् ग्राड् गर्ने ब्यक्ति नेपाल् को सबैभन्दा वरिष्ठ् वाताबरणबिद् छन्, किन कि उनी लाटा देशका गाँडा तन्नेरि हुन्, अंग्रेजी मा बोल्न सक्छन्। स्वदेशि र बिदेशि ले तिनैलाई पत्याएका छन्। नेपाल् सरकार् का सयौं कर्मचारिहरु वातवरण बिज्ञानमा अमेरिका लगायत बुभिन्न मुलुकबाट् मास्टर गरेका र बिद्यावारिधि गरेकाहरु छन्। तिनको गनना हुंदैन किन कि कर्मचारिको आचार संहिता ले झूठ को खेती गर्न दिदैन र गर्दैनन पनि । झूठ को खेती गर्ने हरुको जय जय जताततै छन । यो एउटाझूठ ले अर्को जय थपिएला । राम्रै होला, तीनाको लागि ।यस्को अर्थ यो होइन कि अन्सना बहिनिको उपलब्धी चान्चुने छन र प्रशंसा गर्न लायक छैनन । निस्चय नै बधाई का पात्र छिन । झूठ त्याग्नुस्, अझ त्यो भन्दा उच्च सम्मान को हक्दार हुने छन ।
Read Full Discussion Thread for this article