Posted by: Nepal ko chora April 8, 2007
~ चौतारी ५१ ~
Login in to Rate this Post:     0       ?        
गुरुलाइ शुभयात्रा अनि नया जीबनको सुरुवातको धेरै धेरै शुभकामना। बाकी गाम्लेहरु लाइ नमस्ते। एउटा पुरानो टुक्रा थ्यो टासिदिनु परो। किन ? जिन्दगीको नांउ, मझधार मै छोडेर गयौ। डुङा त डुबि हाल्यो, बहना किन तार्न खोज्छौ? कोल्टे फेर्यो समयले, खुसिको खडेरी लागी सक्यो। जिन्दगी मेरो मरुभूमी, बर्खे-झरी किन पार्न खोज्छौ? एउटै थियो बाटो हाम्रो, अब त सबै बिरानो भयो। दोबाटो मा छुट्टिएर, फर्की-फर्की किन हेर्न खोज्छौ? मुटु छिया-छिया पारेउ, घाइते बनाएर गइदियौ। पुरानो यो घाउमा, मल्हम-पट्टी किन बेर्न खोज्छौ? आफ्नो भनी ठानी दिदा, पराई बनेर हिडिदियौ। अपरिचित बनी, फेरि नाता किन जोड्न खोज्छौ? त्यसै म त मुर्दा भए, हरेक दिन जल्ने गर्छु। चिता माथी सुताएर, फूल किन छोड्न खोज्छौ? Happy Easter to everyone !! :-)
Read Full Discussion Thread for this article