Posted by: Gautam B. April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
"तिमीलाई थाहा छ!" तिमीलाई था' छ तिमीलाई पूरै कहानी था' छ तिमीलाई भेटेपछि- मैले पिउन छोडेको हुँ तिमीविना जीउन छोडेको हुँ, आज धेरैपछि आज एकजुगपछि- जुगौं पुराना साथीहरु भेट भए र पिउने कुरा गरे अनि मैले पिईदिएं! धरोधर्म थोरै मात्र पिएको हुँ धरोधर्म तिम्रै नाममा मात्र पिएको हुँ! मात्र के भने म थोरैलेनै लाग्ने भैसकेछु! हो बानी छुटिसकेको रहेछ पिउने पहिलो प्यालामै बर्बराउने भैसकेछु!
Read Full Discussion Thread for this article