Posted by: Rahuldai April 6, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौ सुन म भन्छु, मेरो दु:ख को कहाँनी । "पिताजी को सुनको तक्मा" -भाग २ अब एउटै मात्र उपाय बाकि रह्यो, भोकै मर्ने वा पिताजी गौरब त्यो "सुनको तक्मा" बेच्ने। तक्मा बेच्ने निर्णयमा पुग्यौं। पिताजीलाई एक बचन् त सोध्नै पर्‍यो। त्यो दिन् म र दाइ दुबै जना अस्पताल् पुग्यौं र तक्मा बेच्ने अनुमती माग्यौं। बोल्न न सक्ने पिताजी ले आँखाले इशारा गरेर बेच के भन्नु भयो, पिताजी को आँखा बाट् बलिन्द्र अश्रुधारा बगेको बगेइ भए। पिताजी को आँखाले अब्यक्त बाध्यता र पीडा छछल्किरहेको स्पष्ट देखिन्थ्यो । अस्पताल मा सङै रहेका हामी सबै पिताजी सँग सँगै रोयौं । मानौं कि कलेजी कि टुक्रा काटेर बेच्न लग्दै छुं । स्तब्ध रह्यो केहि क्षण । किंकर्तब्यबिमूढ् भयौं। दाइ ले त्यो "सुनको तक्मा" बेच्ने जिम्मा मलाइ लगाउनु भयो। अब १०- ११ बर्षको केटोले बेच्ने गए चोरेर ल्याएको भन्दै प्रहरि को जिम्मा लगाउन बेर् थिएन। बडा अप्ठ्यारो भयो के गरम् , कसो गरम् भो। एक् त बेच्ने मन पनि थिएन। सांझ पख भिनाजु पर्ने भलादमि लाई अनुरोध गरें, साथ आइ दिनु पर्यो भनेर। अनि दोसल्ला र तक्मा दुबै बोकेर भारि मन ले दैलो काँटे। लाग्यो, म एउटा अक्षम्य अपराध गर्न गै रहेछु। अरु कुनै उपाय हुन्छ कि भनेर मथिंगल् घुमाएं, के निस्कनु ५-६ किलास् को दिमाग मा । दोसल्ला लाई झोछें स्थित एउटा कश्मिरी को पसल मा बेचियो, रु२०० मा । अनि तक्मा लिएर सुनचाँदी पसल धांउदै गएं । त्यती बेला अहिले जस्तो गल्ली सडक पिच्छे कहाँ सुन चाँदी को पसल हुन्थ्यो र? न्यू रोड गेट निर २-४ पसल थिए । एउटा पसल् मा सोधियो, चाँदि को मोल् मा किन्छु भन्यो, बेचिएन। अर्को पसल् मा पनि त्यस्तै जवाफ् आयो। अन्त मा न्यू रोड् गेट् को गुंदपाक् पसल् निर् को बाँडा को पसल्( जो अद्यापि छंदै छ।) ले सुन को केहि मुल्य थप्ने गरि मुल्य दियो। हुन त त्यो अमुल्य वस्तुको जति मोल थपे नि के हुन्थ्यो र? जम्मा जम्मि रु ४५० जति हात लाग्यो। आँसु लाई लुकाएर पैसा गनें, पैसा पाएर रोएका दुर्लभ् घट्ना थिए। एक् मन लाग्यो, बुबाको केहि ओखति र हामी ४-५ जना को पेटमा माड् लाग्ने भो। घर पुगी, पाएको रुपैया दाइ को हात् मा राखिदिएं। दाइ ले केहि भन्नु भएन तर उनको अनुहारमा पीडा र ग्लानी टल्किरहेको थ्यो। बेलुकि को खाना खाइ सुत्न पल्टें। निद्रा लागेन। मन मा अनेक् तर्कना खेल्न थाले। कस्तो दिन देख्न् पर्यो हामी ले। भगवान संझे। यस्तो लाग्यो, भगवान् नै छैन कि, सब मिथ्या हो। मेरो बाबा ले कहिलेइ कसैको कुभलि चिताएको थिएन। भाइ बहिनिहरुलाइ दु:ख हुन्छ भनेर अथाह सम्पति भएको अंश त्याग्नु भयो। जब पसिना बगाउन थाल्नु भयो तब हात खुट्टा न चल्ने बनाइ दियो। भगवान् ले यस्तो काम गर्दै गर्दैन, यो त शैतान क् काम हो। अनि यस्तो इज्जतका साथ, जिन्दगि भरि समाज को सेवा गरेर अर्जेको "तक्मा" यहि अपजसि हातले बेच्नु पर्यो। आफैलाई धिकारि रहें धेरै बेर। सोचिरहें धेरै बेर। र कसम् खाएं"पिताजी को १ सुनको तक्मा को बद्लामा १० ओटा सुन को तक्मा म फर्काउंछु"। दिन हरु बित्दै गए। बुबा को स्वास्थमा केहि त सुधार् हुंदै आए तर उल्लेख्य केहि प्रगति देखिएको थिएन। हाल का प्रसिद्ध सर्जन डा दिनेश् नाथ् गंगोल त्यति बेला बीरस्पतालका हर्ता कर्ता थिए। साह्रै छुच्चो मिजासका डाक्टर् साहेबले मेडिकल साइन्स् को सिध्दान्त बिपरीत " तपाई हरुलाई धर्म र तान्त्रीक को बिस्वास् छ भने, त्यस्को उपचार् पनि गरे हुन्छ, तान्त्रीकलाई यहि बोलाए मेरो आपत्ति छैन" भनेर भने। त्यस पछि औषधि बिज्ञान का साथ साथै एक जना तान्त्रीक गुरुजु लाई पनि हात जोरियो। उपचार् चल्दैथ्यो, प्रगति कछुवा चालमा सकरात्मक नै थ्यो। अब आयो फेरि चुल्हो बाल्ने कुरो मा बाधा ब्यबधान। खर्च रित्ति सक्यो। दाल् चामल् सकियो। स्वाभिमानी पिताका सन्तान् न ठहरियौं, कसै सित हात फैलाउने कुरा सोचेनौ। बडो कठिन मोड् मा फेरि एक् पटक् अड्कियौं, कर्णको रथ झैं , बीच् मैदानमा। एक मन लागेको थियो, अब स्कूल जान छोडेर कतै घरेलु नोकर को काम् भए नि गर्नु पर्ला। गुथीका काजी का सन्तानहरुलाइ कस्ले देला काम्? काठ्माडौं का रैथाने परिवार् का सन्ततिलाई परेको यो दु:खको कहानी पत्याउने कस्ले? समस्या ज्युंकात्युं रह्यो। दाजु भाइ को सल्लाह् भो। अब आफ्नो हातमा जे सीप छ् त्यहि गर्ने, भात त खानै पर्यो। अलि अलि सानै मा बुबा र काकाहरु को घरेलु काम ( सुनचाँदिको गरगहना तथा भाँडा वर्तन् बनाउने) मा सघाएकै हुनाले। चांदिका औंठी र लकेट बनाउने र बेच्ने निधोमा पुग्यौं। स्कूल अब जान्न भनेर काम् गर्न थालें। २-३ दिन पछि दाइ ले तं स्कूल् जा, दिन भरि काम् पनि छैन, फेरि मलाई अस्पताल जानु नै छ भनेर भन्नु भयो। ३ दिन पछि फेरि स्कूल् गएं। केहि औंठी तयार् भो जसो तसो। बेच्ने समस्या पर्यो। मैले हिम्मत गरें। त्यतिबेला, मरुहिटि हिप्पी ट्युरिष्टहरु को केन्द्र थियो। झोंछें पनि झिलिमिलि हुंदैथ्यो। एउटा कट्टु र मैलो गंजी लगाएर औंठि बेच्न निस्कें। ६ किलास् पढ्ने फुच्चे राहुलेलाई कस्ले बिश्वास गर्ने? चोरेर बेच्न आएको भनेर् धेरैले गाली गरे, खेदे। तै पनि हरेश खाइन। बाध्यता थियो, मैले बेचेर पैसा लगिन भने चुलो बल्दैन। जसरि नि बेच्नु छ। धेरै क्युरियो पसल चहारे पछि एउटा पसले ले किने र अझ राम्रो राम्रो डिजाइन को बनाउने सुझव दिए। ढुँगा खोज्दा देउटा भेटिइयो। निकै हर्षल् बोभोर् हुंदै चामल दाल् तरकारि किनेर घर् गएं। क्रमश:
Read Full Discussion Thread for this article