Posted by: hetterika!! April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
के भन्या हो सान्नानीले, सीता कसकी ज्वाईं रे, :) जोई होला! चनेको लभ स्टोरी सुरु होला जस्तो भन्ठान्या त स्कुलै छाडौर गयो रे ?! हैन होला :P पुण्टे दाइ म:म: खानला बेलाँ पनि कता तरुणी हरु देखिन्छन भनेर खोजेसी सर्किने नै भयो नि :P तिरुको जस्तै जस्तै पीडा मेरो नि भा'छ। एस एल सी देर बस्या बेलाँ साइकल सिक्या, अब त मजाले जानि हालियो नि भनेर काम न काज सँज डुलिराको। के के न संसारै हाँक्न सक्ने भा जस्तो लाग्ने। भरतपुर यारपोर्ट निर हाईवेमा गइराको, आफ्नो पछाडिबाट ट्रक आको जस्तो लाइराथ्यो, अगाडि बाट पनी आइराको देखें, त्यही बेलाँ ३ जना मान्छे नि आफ्नो अगाडि ठ्याक्कै, अनि त के गर्ने के गर्ने डर ला जस्तो भयो। साइकिल को ह्याण्डील बाङ्गीन थाली हाल्यो। यताउता गरेर सोझ्याउन लाथें, बाटोबाट टाढा पट्टी लग्नलाई, त्यो तीनजना मान्छे मध्य छेउतिरको लाई गएर साइडमा ड्याम्मै लाइहाल्यो। आफु ५ मिटर उता, साइकिल आफ्नो माथी, निस्किन सक्या हैन। त्यो मान्छेहरु आफुतिर आइराको जस्तो ला'थ्यो। नजिकै आए, के भनुम के भनुम भो। यस्सो साइकिल उठाइदेलान भन्ठानेर सरी दाइहरु भन्या त झन तीनजनाले एकैचोटी तीनथरी गाली पो गर्न थाले, म साइकिल मुनि चुप लाएर सुनिरहें। भन्नु नभन्नु भनेसी साइकिलले लाग्ने चैं लाइ दया लाएर आएच क्या हो ल ल भैगो छोड्दे भन्यो साथीहरुलाई। साइकिल पनि उठाइदियो। अनि १ किलोमिटर जति थ्यो होला, खै किन हो चढ्ने आँट नआ हो कि चढन मन नला हो डोराउदै फर्कें। अहिले सम्म नि हिरो जेट साइकिल देख्दा तेइ दिन सम्झिन्छु।
Read Full Discussion Thread for this article