Posted by: chanaa_tarkaari April 5, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
कस्तो अप्ठेरो क्वैशन गरेको ठुलीले । हा हा हा ॥ सान्नानी ले नि दियो है दनक मौकामा । साँच्चि तितौरी गाली खायो घरमा गोएर? खास भन्ने हो भने बलबहादुर दाइको थ्योरी कथामा हाल्न छुटेछ के । बलबहादुर दाइको थ्योरी के थियो भने "आफुले मन परेको नपरेको हेर्ने होइन, आफुलाइ मन पराउँछ कि पराउँदैन हेर्नु पर्छ, नत्र दु:ख मात्रै पाउँछ ।" रे । त्यसैले आफुलाइ मन पर्थ्यो कि पर्थेन भनेर सोच्दै सोचेन चना ले । खाली लक्ष्मीले मन पो परायो कि भनेर मात्रै सोच्दै बस्यो मनमनै । कसैलाइ भन्न नि भएन पुर्ण थियो लाइनमा । परम्परा के थियो रे? - "एउटाको लबर भनेर हल्ला चलेपछि अर्कोले आँखा नगाड्ने अघोषित परम्परा पनि थिएछ त्यहाँ । " कुरो यस्तो पर्यो क्या । जे होस लक्ष्मीले स्कुल छोडेर गएसि सक्कियो त्यो त्यहिं ।
Read Full Discussion Thread for this article