Posted by: Tyra April 5, 2007
Login in to Rate this Post:
0
?
चौतारी स्वर्ण महोत्सब लाइ मेरो कोशेलि :)
"ओइ नबिर्सिनि फेरि भोलि अरुना को मा जानु छ" हेल्लो भन्न नपाउदै चिच्याइ समिधा । "त्यहि सम्झाउन लाइ फोन गरेको " फेरि थपि।
"ल ल बिर्सिन्न के बरु तेरो फट्याङ्रा मा चै नजानि भन्द्या छ ऐले नै" मैले भने ।"फट्याङ्रा" समिधा को स्कुटर लाइ मैले राखेको नाम। नाम नखेर के गर्नु नि चलाउन पनि राम्ररि नजान्दै मलाइ राइड दिने भा'कि नराम्रो सङ पछारे कि छे मलाइ एक्दिन अनि।
मैले फट्याङ्रा भन्दा त्यसो पारो यस्तो चड्छ कि :D
"नाम चै नराख है भन्द्याछ नजानि भन न पुगिहाल्छ नि" थर्काउ छे उ मलाइ।
न थर्का है ऐले जान्न र एक्लै जानुपर्ला अनि" म झन के कम।
"चुप लाग्" दिदि हुनु को फाइदा उठाउन बिर्सिन्न उ फेरि।
समिधा को साथि अरुना दि को मा पुजा हुने निम्तो मैले नि पा भएर जानु पर्ने थियो भोलि। मैले घर मा अस्तिनै सुनाइ सक्या थि जानि भनेर ।
"जान लाइ जाउ तर आउदा घुडा फुकलेर आउने होइन अस्ति को जस्तो अनि बेलै मा फर्किनु पनि!" मामु को चेतावनि निस्किने बेला मा।
"हस्"
गेट सम्म पुग्या के थि फेरि मामु को आवाज् आउछ " आउदा माइजु ले फुल को बेर्ना दिन्छु दिन्छु भन्दै थि ल्या'र आउ है त"
"ह्या मामु कता अरुना दि को मा जाने फुल को बेर्ना सेर्ना को कुरा गर्या फेरि मर्छ के घाम ले " एउटा न एउटा काम सम्झि हाल्ने कि मामु पनि।
"फर्किदा ल्याउन बरु त्यो भ्यागुत्ते फुल् नि र'छ भने ल्यानु है " मेरो मामु लाइ खुब् फुल हरु लगाउनु पर्ने , मलाइ खासै मत्लब लाग्दैन थ्यो चिन्दा पनि चिन्दिन फुल हरु । तर भ्यागुत्ते फुल् भन्या सुनेर जैले नि हासो लाग्छ मलाइ:D :D:D , एनिवे जे भए नि त्यस्को नाम होला केहि तर मामु चाइ जैले नि भ्यागुत्ते फुल् भन्ने । "एक्दिन् मज्जा ले हेर्नु पर्ला यो भ्यागुत्ते फुल् कस्तो रे'छ "मन् मनै हास्दै हिडे।
मामा घरमा पुग्दा समिधा स्कुटर बाहिर निकालेर तयार परेर बस्या छे : O।
"इहि.. नाइ नभन है स्कुटर मा जाने के" लाज पचाएर हिहि गर्छे केटि।
"त एक्लै जानत मरे नि जान्न म त्यस्मा" उठन् सम्म रिस् उठ्यो मलाइ।
"त किन डराउछेस् भन्या म कत्ति एक्लै एक्लै चलाउछु , कहा कहा गएर आउछु कैले केहि भा छैन पर्फेक्ट् भैसके के चलाउन म त्यो अस्ति लड्या त भर्खर् सिक्या भएर नि आइज खुरुक्क बस ।" शान् सङ स्टार्ट् गर्दै भन्छे ।
"लास्ट टाइम हो यो बुझिस यस्तो थाहा पा भे' अघि नै आउने थिइन " घुर्कि लाउदै बस्छु मा।
"हिहिहि" उस्को कुरा मनाउन पा खुशि मा दङ छे उ।
अरुना दि को मा रमाइलो भयो , दुइ तिन घन्टा बसिम पुजा को प्रसाद् खायौ अन्टि( अरुना दि को मम) ले नाइ नाइ भन्दा भन्दै पनि घर् को लागि भनेर प्रसाद् हरु राख्दिनु भयो। अनि फर्कियौ।
आहा जादा राम्ररि पुराइ साचै पर्फेक्ट् भैछे समिधा स्कुटर् चलाउन ढुक्क भए म फर्किदा, चड्ने बेला म त्यति डर लागेन।
त्यहि त हो उ झन् के कम् कस्तो युफोरिक मुड् मा छे नपछारि चला भ'र होला नि :P " ए सुन् न अब पन्द्र दिन् छ निशान्त आइपुग्न ।" कैले काहि ३-४ पल्ट सुनाउछे यहि कुरा नत्र दिन् को एक्पल्ट चाइ ज्यान् गए नि बिर्सिन्न सुनाउन ।
"ल ल एक् हजार एक पटक सुनाइ सकिस् राम्ररि चला बरु" बौद्ध् माहन्काल निरि आइ पुग्या थियौ।
भन्दा भन्दै स्कुटर् बाटो को पानि जमेको खाल्डो मा जाकियो ,सोच्न पनि नभ्याउदै पछारियौ नराम्रो सङ। जिन्स कता लाएर पुजा मा जानि भन्दै कुर्था-सुरुवाल् लाएर गा' घुडा को छाला घस्रेर नराम्रो सङ घाउ भएछ रगत बग्ने गरि । हिलो ,उछिटिएर लुगा भरि भा :( ऐया रुनु पनि कसरि बाटो मा बसेर लाजै लाग्ने उता समिधा को त झन् हालत खराब त्यस्को त खुट्टा काटे छ पनि ।
हरिबिजोक्! एउटा मान्छे आएर लड्या स्कुटर् उठाइ दियो। अर्को जान्ने भएर हस्पिटल् गैहाल्नुस् भन्दै थ्यो। समिधा रुनु न हास्नु "बिचरा" अनुहार् लिएर मलाइ हेर्दै थि अनि म चाइ ummmm... म चाइ खै के भनुम्..... त्यति बेला त समिधा लाइ मार्दिम् जस्तो भा थियो ऐले सबै सम्झिदा रमाइलो ..हासो ...रिस्(अलिअलि) ..समग्रम बिर्सिनै नसकिने उटपट्याङ क्षण जस्तो लाग्छ।
:)
(अस्ति देखि छुटे को सबै हेर्न त बाकि नै छ कस्तो राम्रो राम्रो कथा हरु आए जस्तो छ ल म गए है हेर्न ।)