Posted by: Pretty April 2, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
लौन कत्तिका कोशेलीहरु आइसक्या रहेछन्। चित्रेको प्रेरणाको प्रेरणा र ठुलीको दाजुको सम्झना मात्र पढिसिध्याएँ। चित्रे त good writer भन्ने prove भैसक्या हो तर ठुलीको पहिलो प्रयास पनि बेजोड् छ ठुली। यसरी लेख्दै गर है। बाँकी झिल्के, रामे, चने, मिस अनि मरन्च्याँसेको रचनाहरु बिस्तारै पढ्नुछ। मैले पनि एउटा सानो टुक्रा राख्दैछु है त। -------------------------------------------------- "म जान्छु बैनीलाई स्कुलबाट लिन।" राजु मेरो छिमेकी, मभन्दा ९ महिना मात्र जेठो अनि कदमा मभन्दा होचो भएता पनि आफुलाई निकै ठुलो दाई जस्तो सोच्ने। म २ क्लास मा हुँदा उ ३ मा थियो र उस्को स्कुल र मेरो स्कुल नजिकै हुनाले आफ्नो छुट्टि भएपछि मलाइ लिन आउँथ्यो र हामी सङ्गै घर जान्थेम्। मैले सानोमा देउता बनाएर पुजा गरेर खेल्दा जम्मा गरेर राखेको एक रुपियाँको नजिकैको हलुवाइको पसलबाट पेडा किनेर देउतालाई चडाउँथे अनि राजुले बैनी पेडा मलाई दिए मात्र भगवान् खुशी हुन्छन् भनेर त्यो पेडा खाइदिन्थ्यो, मलाई राम्रो लाग्थ्यो। सानैदेखि उ अलि बदमाश खाल्को थियो। साइकल सिक्न भनेर अन्कलको पकेटबाट पैसा नथापाउने गरी निकाल्थ्यो। अनि मलाई पनि पालो दिन्थ्यो साइकलमा। स्कुलबाट भागेर कहिले सिनेमा त कहिले यताउति बरालिनु उस्को दिनचर्यामा पर्थे। उ कतिपटक क्लास् पनि चढ्न सकेन र म उ भन्दा माथिल्लो क्लासमा पुगेँ। उ टोलमा बिग्रेको भनेर कहलिएता पनि मेरो घरमा उसलाई कसैले नराम्रो गर्थेनन् र मलाई पनि उसँग खेल्न कसैले रोकेनन्, उसको घरमा मलाई पनि सबैले मन पराउँथे। मसँग भाँडा-कुटि, गुच्चादेखि लिएर पुतलिको बिहे खेल्दा खेल्दै पछि चुङ्गी, साइकल, भलिबल, ब्याडमिन्टन्, टेबल टेनिस् र हुँदा हुँदा क्रीकेट सम्म खेल्दै हामी सँग सँगै हुर्केका थिएम्। मैले काठमान्डुमा राजुको घरमा फोन लगाएँ। आन्टिले फोन उठाउनु भयो -- फोन राखेर ममिलाई के भो राजुलाई ममि भनेर सोध्दा ओह् कस्तो भुसुक्कै बिर्सेछु तिमीलाई भन्न ... खै असाध्यै रक्सी खान थाल्या थ्यो के भो के भो ... बिहे गरेर छोरा पनि छ १ बर्षको .. ममिले के के अरु नि भन्दै हुनुहुन्थ्यो मैले थाम्नै सकिन र कोठामा गएर टोलाउन थाले। "राजु त गयो नि।" मनमा आन्टिका शब्दहरु गुन्जी रहे गुन्जी रहे .. ------------------------------------------- May raju dai's soul rest in peace.
Read Full Discussion Thread for this article