Posted by: miss_ me March 31, 2007
Login in to Rate this Post:
0
?
.....’’नानू’ म झसंग भए।
लाग्यो कसैले मलाइ नै बोलाइरहेको। तर मेरो नाम त नानू हैन म संहालिए।
‘’मैले हजुरलाइ नै बोलाएको’’मेरो अगाडि उहि पहिलेको मान्छे मुस्कुरादै उभिएको थियो।
म हेरेको हेर्यै भए। नबोल्न सके ..न हास्न ..
‘’चिन्नु भएन?’’ उस्को आखाँअनौठो गरि चम्किरहेको थियो।
उस्ले मलाइ एकटकले हेरि रह्यो..मलाइ कस्तो कस्तो लाग्यो तर नि केहि भन्ने कुरै पाइन।
‘अँ....’’मैले संझिन प्रयास गर्दै जमिन तिर हेर्दै थिएझट्ट मेरो आखाँ उस्को बुढीऔलामा गएर रोकियो । दाहिने हातमा उसको दुइवटा बुढीऔला थियो ।
मैले उस्लाइ हेरिरहे मानौ म टोलाए क्यारे ‘’चस्मा लाउनुहुन्छ हजुर ले ?’ मेरो एकहोरोपनलाई बिथोल्न चाह्यो उस्ले ।
‘’हो त’’ म संग कुनै शब्द थिएन उ संग बोल्नलाइ।
‘सर(मेरो दादालाई उस्ले सर भन्ने गर्थ्यो..सानो छदा दादाले त्यहि स्कूलमा पढाउनु हुन्थ्यो जहाँ हामी दुबैले पढ्ने गर्थौ) संग निकै पहिले भेटको थिए हजुर किर्तिपुर हस्टेल मा बस्न कुरो त थाहा पाएको थिए’’ उस्ले मेरो बारेमा जान्न चाह्यो ।
‘’अब चै भक्तपुर” हास्ने कोशिस गरे भनौ न अलिक नर्मल नि भेसकेकि थिँए।
मलाइ कुरा गर्न असजिलो भा’को देखेर उस्ले नै भन्यो’’ मलाई उहि नामले बोलाउदा हुन्छ’’ उस्तै बानी म हैरान थीए।
उस्ले यसरी मलाइ सजिलो बनाइदिएकोमा मलाई अप्ठ्यारो लागिरहेको थियो। ठूलो हुनुपर्ने के सधै मनमनै उहि शब्द आयो ‘’कत्ति नै ठूलो जस्तो म भन्दा एक हात त अग्लो छ नि ‘’ तर त्यो क्षणमा उ भित्रको परिपक्वतालै महसुस गरे मैले ।
समय फेरिन कत्ति पनि बेर नहुने रे’छ । उस्को बारेमा खासै थाहा नभएनि गाउँको स्कूल बाट छात्रबृत्ति पाएर बुढानिलकण्ठमा पढ्न गएको सम्म सुनेकीथिए मैले ।
‘’ बाबा म मेदी(मेहन्दी) लाउने ‘’ सानी ४-५ वर्षको बच्ची आएर उस्को औला पकडिन्। ‘’हेरन फनिन्द्र छोरीले सताउन थाली हात रंगाउने रे’’ यो आवाज नि मलाई निकै
परिचित लाग्यो।
‘’होस न त लगाउन देऊ’’ उस्ले पकेट बड ५ रुपिया छोरीलाइ दिदै भन्यो।
छोरी दौडेर गइन हात रंगाउन।
‘’अँ साच्चि ..नानू!..मेरो वाइफ’’ उस्ले परिचित आँवाजतिर औल्याउदै भन्यो ।
‘’नमस्ते!’’ यसो हेर्न मात्रै लागेकि थिए ‘’ म श्रष्टा शर्मा’’
नाम सुने सुने जस्तो लाग्यो । मैले जवाफ फर्काउदै थिए ‘’म .......’’
मैले मेरो नाम भन्नै पाइन श्रष्टाले नै पुरागरिदिइन। सुर्खेत मा भेट भएको थियो नि संमेलनमा बिर्सनु भो । मेरो नाम सुन्दा उस्को अनुहार अलिक फरक भएको थियो। तर नि उस्ले केहि भनेन ।
‘’ए हो त’’ मैले हात मिलाउदै भने। मेरो खुशीको सिमा नाघिसकेको थियो।
‘अनि तिमीले कहाँ चिनेको त फनिन्द्र ?’ श्रष्टाले उत्सुक हुदै सोधिन
उस्ले मेरो शिर देखि खुट्टा सम्म नियाल्दै भन्यो ‘’ उहा नानू ‘’ उस्ले यसरी हेर्दा मेरो मन एकतमासले भरिएर आयो । मानौ अपार माया, स्नेह को अनुभूति भयो मलाई।
उस्ले श्रष्टालाई सबै भनेको रहेछ पहिले नै।
मेरो साथी मेरो बालककालको मिल्ने मान्छे जस्को औला समाती समाती म हिड्ने गर्थे, त्यो बनपाखा, त्यो खोला, माछा ...हरेक कुरो ताजा भएर आउछ मलाइ उ ‘’ फटिंग्रे’’ आज मेरो सामु उभिएको छ ।म चुपचाप छु....... त्यो दिन..झलझलि याद आउछ जुनदिन हामी बिछोडिनु परेको थियो ।
‘’नानू’’ उस्ले मौनता बिथोल्दै भन्यो ‘’म अर्को शुक्रबार नर्वे जादै छु। दुइ वर्षको लागी’’
परिस्थिति बेजोडको थियो। एकतमासको थियो उस्को जिवनको सफलता देखेर मलाइ निकै मिठो महसुस भैरहेको थियो ।
‘’बधाइ छ यहाँलाइ’ मैले खुशी ब्यक्त गरे’
‘’मेरो उहिनामले बोलाउनुस मलाई’’ उस्ले श्रष्टालाइ हेर्दै भन्यो ।
अहिले चै मैले हाँसो रोक्न सकिन ‘’ओके... ‘’ श्रष्टा नजिकै थिइन ‘’ हुन्छ.. श्रटाजी...’’ मैले वातावरण परिवर्तन गर्न चाँहे ।
‘श्रष्टा शर्मा’ मेरो साथी त हैन तर अलिक पहिले कुनै राजनितिक कार्यक्रम हुदा भेट भएको थियो । त्यो बेला उनी कानून मा स्नातक गर्दै थिइन नेपालगञ्ज महेन्द्र क्याम्पस मा। मान्छे बोलिमा भन्दा ब्यबहारमा बलियो हुनुपर्ने रे’छ । श्रष्टा साच्चिकै श्रष्टा हुन। मेरो मात्र हैन छुवाछुतले भरिएको हाम्रो आडम्बरी समाज को चम्किलो नमूना हुन ।
मनमनै मैले श्रष्टाको सहास लाइ सलाम गरे।
‘’बाबा हेर्नुस त’’ छोरीले दुबै हात उस्को अगाडि तेर्स्याँइदिइन।
‘’उहालाई नमस्ते गर छोरी’’ मतिर देखाउदै उस्ले भन्यो ।
‘पर्दैन नमस्ते गर्न बुट्टा बिग्रन्छ’ मैले रोक्न खोजे ‘’ बरु ल भनत तिम्रो नाम के हो ? उस्ले बाबा-ममि लाइ हेर्दै भनिन ‘’रेवती बि.क’’ आहा!! कस्तो राम्रो नाम’’ मैले मेरो मनलाई बलजफ्ति रोक्न खोजे मलाई मेरो आखाँ रसाएको यादै भएन।
किन किन मलाइ रोऊ-रोऊ लागेको थियो त्यो बेला ।।
त्यतिन्जेल साथिहरु माथि पुगेर नि फर्खिसकेका थिए।
(खास साथिहरुसंग घुम्न नपाए पनि त्यो दिन मेरो मुटुमा सधैको लागि स्मरणिय भएर बसेको छ )