Posted by: miss_ me March 31, 2007
Login in to Rate this Post:
0
?
:) :)
नमस्ते!
म खासै कथा लेख्न सक्ने त हैन के रे । तर नि मेरो त्यो के जाति अतितलाई अलिकति भएनि हजुरहुर सामू राख्ने जमर्को अरे है त । उसो त त चौतारी बाटै प्रेरणा पाएकिम के रे नि यो सब लेख्नलाइ। अलिकति हिजो लेखेथिम के रे ..नारावाजि जुलुस अनसन के के जाति हो बस्ने भनेर हैरान हुदा हुदा घरबष नि त्यस्तै .... आज फेरि जोडजाम गरेर लेखे के रे ।
त्यो तितु त झन के क जाति मैसेज पठा'र म यसो गर्दिन म उसो गर्दिन खादा नि खादिना सुत्दा नि सुत्दिन के के हो के के .. अब भे'न म कसरी सक्छु मेरी प्यारी बुइनी भओक भोकै बसेओ हेर्न ।
..आशा छ यहाहरुलाइ अलिकति भएनि मनोरन्जन दिने छ मेरो गनथन ले
'फटिंग्रे'
'खै दिनुस त' म मेरो झोला उतिर हुर्राउछु। मानौ मैले रिस पोखेकि उ संग । अरु कसैलाइ त म केहि पनि गर्न सक्दिन । उ नै त हो जस्लाइ म मेरो इच्छा भावनाहरु पोख्न सक्छु ....हुनसक्छ मेरो उ प्रतिको लगाव हो यो। मलाइ मनै परेको छैन यसरी मलाइ घर देखि टाढा पठाउन थालेको।
' ह्या गाउमा राम्रो स्कूल छैन के रेवती। त्यसैले तिंमीलाई बजारको स्कूलमा नाम लेखाइदेको।' फुपुको आवाजमा माया भरिएको थियोहोला सायद ।
तर मैले केहि महसुस गर्न सकिन। मलाइ घर देखि बाहिर हुदाको परिस्थिति, नँया ठाँउ नयाँस्कूलको संझनाले मात्रै पनि झस्काइरहेको थियो।
घरमाथिको खोला, सङ्लोपानी माछा, खोलाको ठूलो ठूलो ढुंगाहरु स्याँउलीझार यहि मात्रै दिमाग मा आइरहेको थियो ।
“नानू अब जाने हैन ‘’ म टोलाइको देखेर उस्ले मेरो ध्यान खीच्न चाह्यो
‘अ हँ’ मैले मुन्टो हल्लाउदै भने
‘ल ल हिड’ बाबाको आवाजमा रूखोपना प्रस्ट झल्किन्थ्यो। मलाइ मेरो इच्छा बिना नै घर देखि टाढा लखेटिदै थियो । मैले केहि सामान हातमा लिन चाँहे तर उस्ले दिएन म चुपचाप हिडिरहे । म बाबाको पछिपछि हिडे । घर छोड्नु को पिडा भन्दा मलाइ उ संग बिछडिनुको पिडा बढि थियो । बेला बेला म उस्लाए हेर्थे । तर उ कतै नहेरी सरासर हिडिरहेको हुन्थ्यो
हामी हिडिरह्यौ। अलिक पर पुगेपछि हाम्रो बाटो छुटिने थियो। मलाइ रोउ रोउ लागि रहेको थियो।( खास मा मलाइ घर देखि टाढाको स्कूलमा पढन पठाउनु को एउटा कारण उसंग छुटाइनु पनि थियो हुन त मेरो दाजूहरु दिदीहरु सबै बजारको स्कूलमा पढ्नु हुन्थ्यो) एकै छिनमा त्यो ठाँउ पनि आयो।
‘’फटिंग्रे अब तिंमी जाऊ’’ बाबाको आवाज सुने मैले तर आँखा त हेर्नै मिलेको थिएन ।
‘’नानू राम्रो संग पढ्नु ल’’ उस्ले मेरो झोला मलाइ नै दिदै भन्यो ।
कत्ति नै ठूलो भएर भन्नु परेको म भन्दा एक हात अग्लो त छ नि- मलाइ उसंग साच्चिकै रिस उठेको थियो त्यो बेला । म उस्लाइ हेरे उस्को आँखा भरि आँशु थियो ।यसरी हामी सदासदाको लागि छुट्टियौ। केहि समयपछि हाम्रो सबै परिवार पहाड छोडि मधेस तिर बसाइसर्यौ।
१२ वर्ष पछि-
समयले धेरै कोल्टे फेरि सकेकोथियो।पढाइ, घर, परिवार, काम यस्तै यस्तै।
एकदिन अवनाले भनिन ‘हामी बनेपा जाने ल शुक्रवार बिहानै’’
सबैले हो मा हो मिलाए। मलाई चै अलिक परिस्थिति मिल्दैन कि जस्तो लाग्याथ्यो
तर नि म भरे भन्छु है त भनेर टाँरे।
यसो उसो म नि जान सक्ने परिस्थिति आयो।आधीबाटो ट्याक्सिमा आधिबाटो साथीको मोटर वाइकमा जाने निधो अनुसार हामी ट्याक्सीमा चढ्यौ ।अरु साथी नि कसरी कसरी गए।त्यहा १२वर्षे मेला नि लागेको निकै रमाइलो थियो । मेला चै माथि डाँडामा नि
थियो ‘माथि बड तल हेर्दा निकै सुन्दर देखिन्छ जाम न माथि’’ अवना पहिले आइसकेकि रहिछिनक्यारे उन्लाइ सबै थाहा रहेछ।
रमाइलो नि हुने सबै जनाले माथि नै पुग्ने कुरो गरे । अब सक्दिन भन्न नहुने म नि भर्यांग चढ्न शुरु गरे । बेलाबेला आफू कति माथि पुगियो त भनेर तल तिर फर्केर हेर्ने गर्थे म । यसरी फर्किदा हरेक पटक एउटा मान्छे देखिने । उस्लाइ देख्दा लाग्थ्यो कोहि परिचित जस्तो। तर म चै उस्लाई ध्यान नदिएरै अन्तै हेरिदिन्थे। साथीहरु फटाफट हिडेर माथि गैसके । तर म चै हिड्नै सकिन। निकै थाकेकोले यसो सुस्ताउन लै ठाउँ खोज्दै थिए। एउटा माग्ने देखे । उस्को खुट्टा पोलेको थियो । तर उस्ले ‘’ऐया!!’’ भनेको सुन्दा चै कतै चोट घाउ भएको जस्तो लागेन मलाई। म उत्सुक भए। किनकिन मलाइ उस्को घाउ हेर्न मनलाग्यो। यसो पैसा नि दिहाले अलिकति ।
‘’पोलेको हो?’
‘’हो, हजुर’’ उस्को बनावटीपन म बाट छुप्न सकिरहेको थिएन । तर नि मलाइ उसंग प्रतिप्रष्न गर्ने मनलागेन। मान्छे विवस भएर नै लाचारीपनलाइ अंगाल्दछ।
यसो बसेकी मात्रै थिए.....’’नानू’ म झसंग भए।
लाग्यो कसैले मलाइ नै बोलाइरहेको। तर मेरो नाम त नानू हैन म संहालिए।
‘’मैले हजुरलाइ नै बोलाएको’’मेरो अगाडि उहि पहिलेको मान्छे मुस्कुरादै उभिएको थियो।
म हेरेको हेर्यै भए। नबोल्न सके ..न हास्न