Posted by: gwanche March 30, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
जदौ!!! हुन त भनिन्छ Yesterday is history, tomorrow is mystery so concentrate on your present. तर कहिलेकाँही बर्तमान भन्दा पनि बितेको हिजो अथवा देख्दै नदेखेको भोली बढी प्यारो लाग्दो रहेछ, मान्छेको मन न हो, वहकिहाल्छ नि । जगजित सिंहको एउटा गजल छ, मलाई असाध्यै मन पर्ने: यह दौलत भि ले लो, यह सोहरत भि ले लो चाहे छिन लो मुझ से मेरी जवानी मगर मुझको लौटा दो बचपन के वह दिन वह कागज कि कस्ती वह बारीस का पानी वह कागज कि कस्ती वह बारीस का पानी साँच्चिकै, कसैले मेरो बिगतका ति फ्रीक आउट दिनहरु फिर्ता गरिदिने हो भने म अहिलेसम्म मैले एचिभ गरेको सबै कुरा दिन तयार छु । फेरी त्यो स्कुल ड्रेस लगाएर स्कुल जान चाहन्छु, फेरी साथीहरुसँग कहिले आरुबखडा, कैले भोगटे चोर्न जान चाहन्छु, कहिले भाइ बहिनीसँग रेस्लिङ खेल्न चाहन्छु, बागमतिमा पौडी खेल्न पनि जान चाहन्छु । त्यो अशोक हल अगाडीको दाइको स्टेसनरी पसलमा कमिक्स तथा बाल पत्रीकाहरु किन्न जान चाहन्छु, रिङ्ग रोडमा साइकल रेसिङ पनि गर्न चाहन्छु, त्यो क्रीकेट, हिले फुट्बल, बास्केट बल पनि खेल्न चाहन्छु । ठ्याक्कै त्यही गर्न चाहन्छु जे जे पहिला गर्थे । लोड सेडिङ भएको बेला ज्ञानोदय पुस्तकालयमा बसेर, रिडर्स डाइजेस्ट र टाइम पढ्न चाहन्छु, त्यो चोकको स्टेसनरी पसलमा गएर हिन्दी फिल्मी पत्रीका हेरेर साथीहरुसँग कमेन्टस सेयर गर्न चाहन्छु । यो चौतारी सोर्न मउसबमा आज म भौतिक रुपमा नभए पनि भर्चुयल्ली ति गुड ओल्' डेज'मा फर्किन चाहन्छु । आजकल किरिकेटीको बिस्व कप हो कि रिकापी भन्ने के जाती चलिरा'छ क्यारे, तेइभेर स्कुलमा हुँदा किरिकेटी खेल्न गएको एउटा नबिर्सिने दिन याद आयो । सुन्ने हो ?............. सुनाम है त, झर्को नमानी सुनम् ! 'ग्वाँचे, ऐले दस मिनेटमा निस्की हाल त, चक्रेले फोन गर्‍याथ्यो, ग्रीन क्लबको केटाहरुले म्याच खेल्ने भन्या छन । मैले सन्तोस, श्याम, रविन्द्रहरु सबैलाइ फोन गरिसक्या छु, एघार एघार जना नै खेल्ने रे ।' रोहितले फोन गर्‍यो एक्दिन । रोहित र म एउटै क्लासमा पढ्छौ र घर पनि सँगै छ हामीहरुको । दिउसो भरि स्ट्रोक राम्रो बनाउनको लागि बनाएको सानो प्वालहरुमा तेल हालेर घाममा राखिराखेको मेरो नयाँ ब्याट, प्याड, एब गार्ड, ब्याटीङ र किपीङ ग्लोव्स ब्यागमा राखेर निस्के । रोहित पर्खिरहेको रहेछ उसको गेटसँगै । 'कस्तो ढिलो गरेको यार, सबैजना पुगीसके होलान्, जैले नि लेट हुने हामीहरु मात्रै ! ' रोहित कराउन थाल्यो । 'पैलइ फोन गर्नु पर्दैन त, दस मिनेट अगाडी फोन गरेर हुन्छ कि क्या हो ? यो त म छिटो आएको भन न झन, घरमा मामु पनि हुनुहुन्न, भाइ र म मात्रै । म पनि जान्छु भन्दैथ्यो, त्यो पुच्छरले, फुच्चेलाइ बल्ल बल्ल फकाएर आउँदैछु । मैले मेरो भिडिओ गेम दिएर आउनु पर्‍यो ।' मैले स्पस्टिकरण दिएँ । 'ल ल ठीक छ, अब जाँउ यती ढिलो भइसक्यो, अझै ढिलो गर्‍यो भने त मार्छन केटा हरुले' रोहितले भन्यो । 'जेन्टलम्यान पनि आउँछ आज, अस्ती त खतरा ब्याटीङ गर्‍याथ्यो ? आज म्याचमा पनि उ भयो भने हाम्रो लाइन अप तगडा हुन्छ ।' 'मैले रोहितलाइ सोधे । 'खै थाहा छैन, अस्ती एकदिन भेट्या मात्रै त हो नि तेल्लाई त्यसपछि भेटेको छैन ।' रोहितले भन्यो । खासमा जेन्टलम्यान भनेको एकजना अपरिचित दाइ हुन, जो एकदिन हामीहरु क्रीकेट खेलिरहेको बेला भेटिएका थिए । आफ्नो किट लिएर हामीहरु खेलिराखेको एकतमासले हेरिरहेका थिए, शायद उनका साथीहरु त्यो दिन आएका थिएनन अथवा उनि खेलमा इन्ट्रेस्टेड भएर कोइ न कोइ खेल्ने मान्छे त भेटिहाल्ला नि भनेर, कोही साथी नभए पनि त्यत्तिकै आएका थिए । कसैसंग केही नबोली एकदम जेन्टलम्यान जस्तै भएर हामीहरुलाइ हेरिराखेका हुनाले हामीहरुले उनको नाम नै जेन्टलम्यान राखीदिएका थियौं, साँच्चिकै नाम त सोध्दै सोधिएन । पछि हामीहरुले हामीहरुसँग खेल्न अफर गरेपछि खेल्न आएका थिए, राम्रो ब्याटीङ गर्दा रहेछन, टाइमीङ र प्लेस्मेन्ट एकदम राम्रो! 'काँ खेल्ने हो आज, पाटन क्याम्पस कि पुल्चोक' मैले सोधे । 'पाटनमा म्याच खेल्ने जस्तो नै छैन, पुल्चोकमा खेल्ने । ग्रीन क्लबको केटाहरुले पहिलेइ त्यहाँ पुगेर बिचको पिच रिजर्भ गरेर चक्रेलाइ फोन गरेका रहेछन। त्यही भएर त इमिडियट्ली प्रोग्राम बनेको नि तर खेल्न पाउने हो कि हैन पानी पर्ला जस्तो छ ।' रोहितले भन्यो । हामीहरु खेल्ने भने कै कि त पुल्चोक क्याम्पसमा हो नभए पाटन क्याम्पसमा, कहिले काँही टुँडिखेल पनि गयिन्छ तर एकदमै रेयर्ली । पाटन क्याम्पस पनि दुई ठाँउमा रहेछन, पछि मात्रै थाहा पाएको मैले, एउटा पाटन ढोकाको गेटभित्र एउटा गेट बाहिर। हामीहरु खेल्ने भनेको चाँही बाहिरको मा हो । ग्रीन क्लब भनेको मंगल बजारका केटाहरुको क्लब हो, यो क्लब को ठ्याक्कै नाम ग्रीन पछि समथिङ क्लब थियो, ग्रीन पछाडिको नाम ऐले बिर्सें । हामीहरुले पनि एकचोटि हाम्रो टिमको (टिमभन्दा पनि जमात भनुम न) नाम राख्ने सोचेका थियौं तर नाम जुराउन सकिएन । त्यतिबेला निउ किड्स अन द ब्लकको गीतहरु धेरै सुन्ने भएको हुनाले निउ किड्स अन कुपोन्डोल हाइट्स राख्ने कि भन्ने भा'थ्यो तर युनानीमस डिसिजन लिन सकिएन, त्यही भएर सधैं कुपोन्डोलको केटाहरु नै भनिएर खेलियो । 'हेइ, गोइङ फर क्रीकेट, क्यान वि ज्वाइन यु?' बाटोमा हिंड्दै गरेका दुई जना गैर नेपाली (युरोपियन हुनुपर्छ) केटीहरुले जिस्क्याउँदै भने । 'युप....यु क्यान फलो अस, वि आर गोइङ टु पुल्चोक क्याम्पस' रोहितले साइकल नरोकी जवाफ दियो । 'रोहित लगौ न यिनिहरुलाइ पनि कोइ त हुन्छ दर्सक, हाम्रो सपोर्टमा ।' मैले भने । 'यसै त ढिलो भइराछ, अझ यिनिहरुसँग अल्झिने कुरा गर्छ ! राख न त एउटालाइ पछाडि क्यारियरमा, एउटालाइ अगाडी डन्डिमा ।' रोहितले झर्किंदै भन्यो । 'काँ मैले ट्रीपल लोड गर्नसक्छु र फेरी नयाँ साइकलमा ट्रीपल लोड के गरी भो र यार, एउटालाइ त लिफ्ट दे, एउटालाइ म अगाडी डन्डिमा राख्छु ।' मैले अझै रोहितको दिमाग चाट्न छोडिन । हुन त ति केटीहरु भएको ठाँउ भन्दा धेरै अगाडी पुगीसकेका थियौं हामीहरु । 'हस् भइहाल्छ नि अरु नि केइ सेवा छ भने आग्या होस, सेवक तयार छ ।' रोहितले मैले जोक गरेको भन्ने बल्ल थाहा पाएछ । ग्राउन्डमा पुग्दा केटाहरुले पिच साफ गरी वरी, स्ट्म्प्स गाडेर टस पनि गरी सकेर हामी दुईलाइ नै कुरी रहेका रहेछन । 'किन ढिलो नि, सधैं ढिलो आउने तिमीहरु नै हु न्छौ' चक्रे जँगियो । चक्रे हाम्रो जमातको क्याप्टेन हो । उसको साँच्चिकै नाम त बिक्रम हो, थर चाँही मेरो र उसको एउटै, तर वसिम अक्रम जस्तै बलीङ गर्ने हुनाले सुरुमा उसलाइ अक्रम भन्थ्यौ, पछि हुँदा हुँदा चक्रम भयो र फाइनली चक्रमबाट चक्रे । असाध्यै राम्रो बलीङ गर्छ, रन अप पनि खतरा छ, लगभग अहिले सोएब अख्तरले लिने जत्तीकै । पेस पनि बुलेट छ, अझ उसको पेस मलाई थाहा नहुने त कुरै भएन । उसको बलीङमा, रोहित र सन्तोषको मा भन्दा लिटरल्ली पाँच स्टेप पछाडि जानु पर्छ मैले नत्र बल कलेक्ट गर्न सकिन्न । चक्रेको बलीङमा मलाई डिप थर्ड म्यान पनि हुनै पर्छ, यस्तो अनइभन बाउन्स हुने पिचमा कहिले काँही चक्रेको पेस कलेक्ट गर्नै सकिन्न । 'लौ ग्वाँचे प्याड अप भइहाल्, टस जितेर ब्याटीङ लिएको छु मैले ।' चक्रेले आदेस दियो । सागर अघी नै प्याड अप भइसकेको रहेछ । चेन्ज गरेर छिटो छिटो प्याड अप भएर सागर र म क्रीजमा गयौं, पानी पर्ला जस्तो थियो, कालो बादलले आकाश बिस्तारै ढाकिंदै थियो । सेकेन्ड ओभर मैं मेरो लेग स्टम्प उडाइदियो, उताको बलरले, खतरा लेट स्विङ भएछ, चार रन मात्रै बनाएको थिए । त्यसपछि रोहित आयो सागरलाइ साथ दिन । रोहित र सागर ले राम्रो खेल्दै थिए, बिस बाइस रन बनाइ सकेका थिए, पानी पर्न सुरु भयो । एकैछिनमा पानी त मुसलधारे बर्सामा बद्लियो, म्याच क्यान्सिल ! ग्रीन क्लबका केटाहरु अर्को दिन फेरी खेल्ने भन्दै आफ्नो बाटो लागे । 'क्या बोर भो यार पानी परेर, के गर्ने अब यती चाँडै घर त के गै भो र!' श्यामले स्टम्प्स उखेल्दै भन्यो । 'कम अन ब्याइज लेट्स ह्याब अ गेम अफ सकर' रविन्द्रले आफ्नो ब्यागबाट फुट्बल निकाल्दै भन्यो । क्रीकेट खेल्न जाँदा सँधै हामीहरु फुटबल र बास्केटबल पनि लिएर जान्छौं । पानी परेर क्रीकेट खेल्न मिलेन भने फुटबल खेल्छौं र कहिलेकाही बास्केट बल कोर्ट खाली भएको बेलामा खेल्ने मुड भयो भने बास्केट्बल । दस जनालाइ पाँच पाँचको दुई टिममा बाड्यौं, इन कि आउट गरेर । एउटा टिम टि सर्ट खोलेर बेएर चेस्ट र अर्को टिम टि सर्ट लगाएर नै खेल्नु पर्ने हुनाले, कुन टिम्ले कसरी खेल्ने भनेर पनि टस गर्यौं । हामीहरुले टि सर्ट लागाएर नै खेल्नु पर्ने भयो । पानीले निथ्रुक्क भिजियो, हिलोमा कपडा र जिउ मान्छे चिन्न नसकिने गरेर मैला भयो । तर सबैले एक्स्ट्रा एक एक जोर कपडा ल्याएका हुनाले केइ पिर थिएन्, खुब खेलियो हिलोमा । पानी रोकिए पछि चक्रमहरु घर गए । म, रोहित, श्याम र सन्तोस, पुल्चोक क्याम्पसको होस्टेल मुनी चेन्ज गर्दै थियौ, पाटनतिर को एउटा चिनेको भाइ, नाम अइले बिर्सें, साइकलमा आएर हामीहरुलाइ सोध्यो: 'दाइ आज क्रीकेट खेल्नु भएन?' 'हेर न भाइ पानी परेर खेल्नै पायिएन' स्यामले जवाफ दियो । 'ऐले त पानी रोकीहालियो न अब खेलौं न है' त्यो भाइले फेरी भन्यो । 'ग्राउन्डमा हिलई हिलो छ कसरी खेल्ने ?' मैले भने । 'हामी पाँच जना त हो नि, एइ बास्केट बल कोर्टमा एक्छिन टुक टुक खेलौं न' सन्तोसलाइ क्रीकेट खेल्न नपाएकोमा छुक्छुक लागिरहेको रहेछ । 'ल हुन्छ त, यता पट्टिको पोललाइ स्टम्प्स बनाउँ, यताबाट बलीङ गरौं' कोर्टको बिचमा इँटाको टुक्राले एउटा लाइन बनाउँदै श्यामले भन्यो । 'हे...यत्रो मसिनो पनि स्टम्प्स हुन्छ कि क्या हो बोल्ड गर्नै गाह्रो हुन्छ' रोहितले बास्केट्बल रिङ्गको पोललाइ देखौँदै भन्यो । 'यसो गरौ न त यो भाइको साइकलको अगाडीको चक्कालाइ स्टम्प्स् बनाऔं, चक्कामा जता लागे नि आउट' त्यो भाइको साइकललाइ पोलामा अड्याउँदै मैले भने । 'हुन्छ, ल सिङगल सिङगल खेल्ने, म्याक्सिमम एक जनालाइ तीन ओभर' रोहितले फेरी भन्यो । 'सानो ठाँउमा खेल्न खुब रमाइलो भयो, फेरी पिच पनि सिमेन्टेड (बास्केट बल कोर्ट) हुनाले बल पनि खतरा बाउन्स हुने । स्टम्प्स पनि ठुलो एरिया (साइकलको चक्का) हुनाले व्यासट्म्यानले बल मिस गर्‍यो कि बोल्ड ! भ्यड्याssssम .....भड्याssssम आवाज आउने, बोल्ड हुँदा त । साइकलको चक्क हुनाले बल पनि स्टम्प्समा लागेर टाढा नजाने, चक्काले रोकिहाल्ने । सबैले तीन तीन चोटि ब्याटीङ गर्‍यौं, सबैजना बोल्ड पनि दुई तीन चोटि नै भयौं 'ल अब राती पनि हुन लाग्यो, अब चाँही जानु पर्‍यो, पर्सी फेरी खेल्ने भनेको छ, पर्सी छिटो आउन है भाइ' रोहितले त्यो भाइलाइ भन्यो । हाम्रो साइकलहरु साइकल स्ट्याण्डमा राखेको हुनाले हामीहरु त्यततिर लाग्यौं । त्यो भाइ आफ्नो समानहरु ब्यागमा राख्न लाग्यो । घर पुगेको एकछिन भएको थियो, नुहाएर बाहिर आएको मात्रै थिए, रोहितले फोन गरेको रहेछ: 'ओइ, भरखरै चक्रेले फोन गरेको थियो, र्‍याग भएछ नि यार!' 'के भयो ?' मैले जिज्ञासा राखे । 'त्यो भाइ छ नि, चक्रेको छिमेकी हो भन्ने तलाइ थाहा छ ?' रोहितले सोध्यो । 'थाहा छ मलाई, चक्रेको त नाता पनि पर्छ, एकचोटि चक्रेको घरमा जाँदा भेटेको मैले ' मैले भने । 'के भएछ भने, हामीले वालिङ गर्दा यादै गरेनछौं, हरेक पल्ट बोल्ड हुँदा त्यो भाइको साइकलको चक्काको रिमको डन्डीहरु भाँचिदो रहेछ । त्यत्रो पल्ट वलले लाग्दा त सबै डन्डीहरु पनि कामै नलाग्ने गरेर भाँचिएछ, चक्का पनि त्रीपट भएछ ।' रोहितले बतायो । 'लाssss... त्यही भएर त त्यस्तो डल्बी डिजिटल साउन्डमा भड्याssssम भड्याssssम हुने रहेछ ।' मैले बल्ल रियलाइज गरें । 'साइकल त चलाऊनै नमिल्ने भएछ, बल्ल बल्ल त्यो भाइले डोर्‍याएर लगेछ, साइकल बनाउने पसलसम्म ।' रोहित भन्दै गयो, ' दुई सय रुपैयाँ लाग्ने भयो रे सबै मर्मत गरेको । घरमा त्यो भाइले भनेको त उसको बुवा त बम रे, जो जस्ले बिगारेको उनिहरुसँगै पैसा माग रेँ' 'अनी ?' 'त्यो भाइ रुँदै चक्रेको घरमा आएको थियो रे हामीहरुसँग पैसा मागिदेउ भनेर ।' रोहितले भन्यो । 'अब के गर्ने त ?' मैले फेरी सोधे । 'के गर्ने नि, खेल्दा खेलियो, अब हामीहरु चार जना मिलेर पचास पचास रुपैयाँ तिरेर साइकल बनाइदिने नि' रोहितले बतायो । 'हुन्छ त्यसै गरौं, कुन पसलमा बनाउन दिएको छ त्यो भाइले साइकल ? मैले सोधे । 'पाटन ढोका भित्र छिर्ने बित्तीकै दाँया साइड्को तेस्रो पसल रे, त्यो भाइ र चक्रे अहिले त्यही हुन्छन रे!' रोहितले बतायो । 'श्याम र सन्तोषलाइ पनि फोन गरेर पचास पचास रुपैयाँ लिएर त्यही आउनु भन न त है, एकछिन पछि हामी पनि त्यही पसल मैं भेटौं ।' मैले निरास हुँदै भने । थुssssक्क............यो हफ्ताको पकेट मनि त्यत्तिकै फोकटमा सकिने भयो !!
Read Full Discussion Thread for this article