Posted by: Rahuldai March 29, 2007
~ चौतारी ५० "स्वर्ण बिशेष" ~
Login in to Rate this Post:     0       ?        
मेरो कथा- भाग 2, "दुखद सुख" "ज्वाई साप, टी बी खोल्नुस् त" "बी बी सी, सी एन् एन् मा हाम्रो राजा रानी मार्यो रे भन्ने खबर् छ।" पत्याउनै न सकिने खबर् थ्यो र टी बी खोलि हालें। दुखद् सम्चार् सत्य थियो। अनेक् शंका अडकल् सहित् मध्यरात प्रोफेसर् अन्कल् सित घण्टौ वार्ता भयो। रात भरि अनिदो रहेर थप खबर् टेलिभिजनलाई वल्ताइ पल्ताइ हेरियो। मिर्मिरे सम्म मा यो खबर् आगो भै सकेको थ्यो। कस्ले मार्यो किन मार्यो, अड्कल् को बजार् गुल्जार् थ्यो। उकुस् मुकुस् मन् लाई सम्हाल्दै बिहानै चिया र चुरोट् को लागि टोलको अखडामा गएं। चिया सकिन बित्तिकै एक् मित्र सङै हनुमान् ढोका दरबार् ( चिया पसलबाट् २०० मिटर्) लागें, दरबारका कर्मचारिको हस्याङ् फस्याङ देख्न लायककोथ्यो। हल्ला सुनियो, नया राजाले श्री पेज लाउन आउने रे। देशी बिदेशी मेडिया को समेत जमघट भैसकेको देखें । कसले भट्ट्ट्ट गर्‍यो भन्ने अपुष्ट हल्ला लाई पुष्टी गर्ने पर्याप्त आधार देखें । नयाँ कोट पर्ब को आहट सुनें जस्तो भयो । सरकारी जागिरे, छुट्टी भैहाल्यो । १० दिन त कम्तीमा । टोल छिमेक काले जिस्काउन थाले, जागिरदारहरुलाइ मोज छ भनेर । १-२ दिन र शोकसभा को नाम टायम पास् भो । त्यसपछि अर्को चिन्ताले सताइ हाले । नेडर्ल्याण्ड्स् मा फारम भर्ने म्याद खुस्किने भयो भनेर । एक पट्क फोन मारें, फोन उठेन्, बिदेशी नियोग पनि शोक मग्न रहेछ, भन्ने थाहा पाए। त्यसपछि पनि कहिले कर्फ्यु लागे, अनेक् हल्ला चले। पानी मा बिष मिसाएको खबर् ले झन ब्यस्त भएं। बल्ल आँट गरेर जुन को १० तारिक तिर् कन्सुलेट् मा फोन् गरें। उताबाट् नमीठो जवाफले खगरङ भएं। "ढिलो भैसक्यो, अब तपाई फारम् भर्न सक्नु हुन्न"। अरे बाबा, मेरो के गल्ती थियो, राजा मारिनु मा, तपाइल् नै जुन को सुरु मा आउनु भन्नु भएको थ्यो, त्यहि भएर न आएको, यस्तो अकल्पनीय दुर्घट्ना हुन्छ भन्ने कस्लाई के थाहा- मैले नि दिएं एक् दनक्। "जुन को १३ सम्म मा सबै आप्लिकेशनहरु, नेडर्ल्याण्ड् पुगिसक्नु पर्छ, तपाई आज नै आउनुस् " भन्ने सकरात्मक प्रति उत्तर् पाइयो। "तर के गर्नु, आज सम्म त सरकारि कार्यालय बिदा छ, भोलि मात्र आउन सक्छु, फेरि सरकारि स्वीकृति बिना तपाई मलाई फमेरो यो तर्कना पछि झन फेलोशिप अधिकृ महोदय आगो भइन्। भोलि पल्ट् बिहानै चिन्ताग्रस्त मनस्थितिमा अफिस् पुगें। मानौ कि त्यो फेलोशिप मेरो लागि नै हो र छुट्न लाग्यो। आफै लाई धिक्कार् न लागें बाटो भरि। थुक्क, गइस् होइन युरोप, मे को लास्ट् मा गएर फर्म न भरिकन, अल्छि भएको। लौ ई~~ खा। अनेक् जुक्ति गरेर एउटा चिठ्ठी बनाएर् गएं। म्याड्म त ज्वालामुखी "तपाई लाई अब भ्याइन्न भन्दा भन्दै आउनु भो, फर्म दिनि बेकार् छ। कसरि भ्याउनु हुन्छ, यतिका पेपर् तयार् गर्न?" मैले बडा नम्र भएर समय मै बुझाउंछु, न सके मेरै चान्स् गुम्ने त हो नि, फर्म दिनुस्, आइ विल् त्राइ मै बेस्त् झर्को माएर दिइ। फुरुङ्ग् भएर निस्कें। मानौं कि मैले फेलोशिप् जिति सकें। अब अर्को चिन्ताले सतायो। बिभागिय प्रमुख, मन्त्रालयको सचिब को दस्तखत् चाहिने, कसरि लिने। चाहिने बेला भेटिने भए पो हाकिम् हरु। जे पर्ला टर्ला भनेर सोझै पुतली सडकमा एलेक्ट्रोनिक् टायप् हान्न गएं। ३-४ वटा निबन्ध नि त्यहिं मुखमा जे जे आउंछ भट्याउंदै गएं। टाइप् मास्टर् अलि बुज्रुक नै परे रे काम् केहि घण्टा मै फत्ते भो। अफिस टाइम नि समाप्त भयो। भोलि पल्ट् अफिस समय भन्दा चाँडो पुगें। टाइम् मै हाकिम को सवारि भो, धनुष्टंकार् नमस्कार् सहित् सोझै हाकिम् को कोठा मा पुगेर फारम् तेर्साइ दिएं। हाकिम् त सकेट् बम् भन्दा चर्को। सहि गिराउन ज्यान् गए मानेन। मानौ कि त्यो फेलोशिप् उनको खल्तीबाट् दिंदै छ। सर्, यो त चिठ्ठा न हो, फारम् भर्दै मा पाइन्छ भन्ने छैन। सरकारि अनुमति त पछि लिउला। आज फारम् बुझाउन सकेन भने काम् छैन, भोलि सम्म म्याद् छ। भोलि पनि दीपेन्द्र को १३ दिन बिदा छ। आजै सक्याउनु पर्छ। त्यति कल्याण् गरि दिनु पर्यो। हाकिम् आखिर् हाकिम् न ठहरियो। ज्यान् जाला मानेन। अनि अन्तिम् अस्त्र प्रयोग गरें। सचिबज्यु ले गरि दिनुस् भन्नु हुन्छ भने, गर्ने हो त? मैले नि धम्की को धमास् दिएं। सचिब ले भने त गर्नै पर्यो नि- अलिकति गलेको जस्तो देखियो। सचिब महोदय नि नेडर्ल्यान्ड्स् बाट् नै मास्टर् गरेका आफ्नै पुरानो हाकिम भएको ले सचिबज्यु ले सजिलै सहि गरि दिनु हुन्छ भन्ने अनुमान् मात्र थ्यो। सचिबज्यु को लिएर गएं हाकिमलाई जबर्जस्ति नै। सचिबज्युलाई आफ्नो कहानी भनें, यथार्थतालाई स्वीकर् गर्दै आफुले पनि सहि गरि दिए र मेरो हाकिमलाई नि सहि गर्न भने। बाकि रह्यो, ३ वटा सिफारिस् पत्र। पुरानो सिफारिस् पत्र को सेभ गरेको डिस्केट् थ्यो, ट्याण्टर् म्याण्टर् गरेर् निमेष् मै तयार् गरेर हाकिम र सचिबज्यु कै सहि फोसा लिइ हालें। एउटो सिफारिस् चाहि झन्दै ४ बर्ष् पुरानो इलाहाबादि प्रोफेसर् को थ्यो, त्यहि हालें र। १२ तारिक को ५ बज्न अगाडि नै कन्सुलेट् मा बुझाउन हिडें। म्याड्म् झन्दै बेहोस्। अरुले ७-८ दिन मै न सक्ने काम् कसरि २४ घण्टा न बित्दै ? यसरी त्यो राजादरबार हत्याकाण्ड को छाया मा परेर छुट्न लागेको मौका चाँही गुमेन । सयौं दर्खास्त हरुलाई पछार्दै अन्तमा नेडर्ल्याण्ड्स् सरकार ले मेरै आबेदन लाई लाल मोहर लगाइदिए । दुखद घट्ना क्रम बिच बहाएको पसिना को फल पाए जस्तो भो, एउटा सुखद क्षण । अस्तु ।
Read Full Discussion Thread for this article