Posted by: Rahuldai March 27, 2007
?????.....बिरोध गरौँ
Login in to Rate this Post:     0       ?        
h1b जी, फेरी तपाईं ले मेरो लेखाइ को गलत अर्थ लगाउनु भयो। मेरो भन्नु को तात्पर्य, गोबिन्दे खुमे लाई चोख्याउनु होइन। सर्बोच्चले चोख्याउंदा पनि जनताको माझ भ्रष्ट्र नै छन् र हुने छन्। तिनलाइ सामजिक बहिष्कार् गर्ने समाज को निर्माण् हुनु पर्दछ। तर मेरो भन्नु को अर्थ यो पनि छ - भ्रष्ट्रचार् समाज् को तप्का तप्कामा ब्याप्त छ। फोहर् आफ्नै आंगन् बाट् सफा गर्नु पर्दछ भन्छन्। अनि हामी यति पूर्बाग्रहि र स्वार्थी भएर कुरा गर्छौं। अझ नेतालाई गाली गर्नु पर्यो भने तीन् बित्ता उफ्रेर गाली गर्छौं। इन्जिनियर् भएर घर न बनाको, निकम्मा इन्जिनियर् भनेर घर् गाउँमा चर्चा हुन्छ। यस्लाई सामजिक् भ्रष्ट्रचार् भन्ने कि न भन्ने? मेरा अड्डा का सहकर्मीका २ ओटि छोरि मेडिकल् पढ्छिन्, १६-१६ लाख खर्चेर । तलब १० हजार छ, ३२ लाख त ३२ बर्ष को जागिर को कूल जम्मा हो । त्यसलाई के भन्नु हुन्छ? यहाँ त्यहाँ, अमेरिका युरोप मा पढ्न आउने कतिपय ले लाखौं खर्चेर इङिनियरिङ्ग, वा महिनाको हजारौं तिरेर १०+२ गरेका छन । भ्रष्ट्रचार नै गरेन रे , ब्यापार गरे रे वा मोटो रकम पाउने अनाम जागिर नै खाए रे । के तिनले राष्ट्र लाई तिर्नु पर्ने कर तिरेका छन त? कर न तिर्नु भ्रष्ट्राचार हो कि होइन? केही प्रश्नहरु राखेको मात्र मित्र । गलत अर्थ लगाइ न हाल्नुस् ।
Read Full Discussion Thread for this article