Posted by: gwanche March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
हाहाहा.... ठुल्दाइ, जे होस, जस्तो सुकै भए पनि पाके र इन्ड्या सुपर आठाँ नपुग्या क्या मजा लागेको छ । हुन त अस्ट्रेलिया र बंगलादेश भन्दा इन्ड्या र अस्ट्रेलियाको कुरै अर्को हुन्थ्यो तेस्तइ आएरल्यान्डको पनि तर सुपर आठाँ पुग्न त त्यही हिसाबले खेल्नु नि पर्‍यो नि, हिन्दी मै भन्छन नि, जो जिता वही सिकन्दर । इन्ड्या हार्‍या दिन चार पाँच जना इन्डेन मित्रहरुसँग मिलेर म्याच हेरेको क्या मजा आयो । बिचराहरु इन्ड्याको विकेट झर्दा आउट भएको ब्याट्स्म्यानलाइ साफ गाली गर्ने । त्यो उथ्थपाले दुईटा चउका त हानी सक्याथ्यो नि फेरी किन अर्को सट खेल्नु पर्ने । खासमा भन्ने हो भने बिचराले राम्रै सट खेल्न खोज्या हो, भासले नसमाको भे, सिओर फोर ! गाँगुलीको तेस्तइ, किन उडाएर खेल्नु पर्ने होला रे! के गरोस त बिचरा मुरलीले खतरा क्याच लिइदे'सी! सचिनले किन डिफेन्सिभ मुडमा खेलेको होला रे, के गरोस त, पैलाको जस्तो सचिन हो र, अलि टाइम त लागि हाल्छ नि सेट हुन तर त्यही बिचमा फर्न्यान्डोको पेसले सचिनको डिफेन्स तोडिदिएपछि । सेवागले किन त्यस्तो लाउजी सट खेल्या रे सिधै स्लिपमा क्याच, मुरलीले दुसरा ठोक्दे पछि के गरोस त बिचरा, राम्रै खेलिरा थ्यो । युबराजलाइ दौड्नै हतार रे! धोनीले किन सुरु मै चार्ज दिन खोजेको रे! के गरोस त मोटिभ त राम्रै हो, मुरलीले बल खतरा स्पिन गर्ला भन्ने सोच्याथ्यो होला, तिर भन्दा नि सिधा बल गर्द्यो, caught प्लम्ब अन मिडल स्टम्प, फर्स्ट बल डक । बाकी पुच्छर सिद्ध्याउनेहरु (tail enders) को त के कुरा गरी भो र, एक छिनसम्म कप्तानले रेजिस्टेन्ट देखा हो, एक्लई के गारोस बिचरा । मैले लन्केको सपोर्टमा हुटीङ गर्दा एउटा इन्डेन साथीले गाली गर्दैथ्यो, के तात्तो न छारो तेरो देशले खेल्या छ र खुशी हुन्छस भनेर । अनि मैले पनि फर्काइ हाले, अस्तीको समरमा फुटबल वर्ल्ड कप हुँदा तेरो देशले खेल्या थ्यो र तै पनि ब्राजिलले जितुन्जेल सम्म खुब उफ्रीराथिस! त्यसपछि तै चुप, मै चुप तर म चाइ चुप लागिन खेल नसिद्धिउन्जेल सम्म कराएको कराऐइ!
Read Full Discussion Thread for this article