Posted by: Rahuldai March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
के गर्नु राम चन्द्रे, जन्मेको भुगोल गडबड भएको हो कि जस्तो लाग्न थाल्यो । आफ्नो नि ब्यथा उस्तै छ । कथा उस्तै छ । काठ्माडौको रैथाने नेवार हुं, तर जिन्दगीको भर न भए जस्तो, घर पनि भएन । कक्षा ६ पढ्दा देखि यी हात हरुले कमाएर खाने गरेको छु । गुच्चा नि खेल्न पाएन । दिन भरि स्कूल गएर साँझ मजदूरी बित्थ्यो । मेरो घर अगाडि एउटा परिवार डेरा गरी बस्थ्यो । तिनका कान्छो छोरो मेरो दौतरी । अझ भनुम संयोग ले हामी दुबै एकै दिन जन्मेका थियौं । एकै साल एस् एल सी पनि दियौं । दुबै जना पास् नि भयौं । उ गान्धी श्रेणी मा पास् भयो र एकै ताल पास् भएको खुशीयालीमा पार्टी पनि दियो । आफुले गोरखा पत्र मा नाम निकालीयो तर पार्टी त के मासु भात खान सकिएन । जिन्दगीको यो कुरुप रुप पनि देखियो ।
Read Full Discussion Thread for this article