Posted by: gwanche March 23, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
रामे दाइ धनेबात, गीत टाँस्दिनु भएकोमा, कम्फुटराँ झार्न नि मिल्ने रैछ, घर गेसी घरको कम्फुटराँ झार्नु पर्ला । लौ मोज गरुम्, छाता साता ठड्यार आयो आएन भन्दै किरिकेटाँ खेल सेट गरुम । आफु त कसैले चोर चार पारेर राख्देको जालोबाट किरिकेट हेर्ने हो, कैले आम्छ कैले आम्दैन क्या बोर हुन्छ भन्या । पैसा तिरेर हेर्छु भनेर ठीकठाक परेको एउटा साथीले हुँदैन यि बज्याहरुको भर छैन भनेर ल्यायो । पैसा तिरेसी फिर्ता माग्न पाइने हैन, किरिकेट राम्ररी नि आउने हैन, कैले आउने कैले न आउने हुन्छ रे । अनि आफ्नो कथा बताउन थालो: 'अस्ती एउटा जालोको बज्यालाइ पच्चिस डलर तिरेको किरिकेटाँ खेल मेरो कम्फुटरां नि हेर्न मिलाइदेन भनेर, साला उधारोपत्रबाट पैसा चाइ थुतिहालो, किरिकेट मरिगए आम्ने हैन, बर्बाद भो नि, तेस्लाइ बिजुली पत्र पठार सोधेको, तेरो इन्टरनेटाँ गती कम होला तेइ भेर राँरी नआको भनेर लेखेर मर्यो मोरोले । तेइभेर अब फोकाटाँ साइट जिन्दाबाद्!' राते ब्रो यस्सो घर गेसी कुनै किरिकेट हेर्ने साइट खोज्छु, भेटेसी तिम्लाइ नि बताम्ला नि है ।
Read Full Discussion Thread for this article