Posted by: Rahuldai March 22, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
तारेमाम । ख्याब्रे गुरु को स्वागत गर्न पछि परेछु । स्वागत है, मन्तयक ला? राम्चन्द्रे भाग्यमानी रैछ, २० रु मा छाता पाए छ । आफ्नो त कर्मै उस्तो, जहिले कृक्रेट को वर्ल्ड कप भए नि कृक्रेट न हेर्ने देश मा हुन्छु । २००२ को मा हल्ला ल्याण्ड मा फसियो। त्यहाँ का गोरालाई कृक्रेट् भन्ने फट्याङ्ग्रा मात्र थाह् रैछ। कृकेट्नेक्स्ट् थोप्लो कम् मै ज्यान् ले चित्त बुझायो। भएन बा भनेर एक् जना छाता वाल लाई बिन्ति गरेको, हुन्छ त भन्यो तर बजियालाई नै थाहा रैनछ कृक्रेट् भन्ने चरो। कति घन्टा को गेम् हुन्छ भनेर सोधे, मैले नि लाग्छ होला ७-८ घण्टा भनेको त त्यहिं बेहोस्। हुन्न बा, मेरा त ४ ओटि छोरि छन्, पुरुष् देख्यो कि घुम्टो लगाउनु पर्छ, गाह्रो हुन्छ भनेर भने, मुशलमान् मित्र ले। ठुक्क, एक् जना मुर्गा भेटेको नि बिरामी। अनेक उपाय निकालेर एक जना भारतीय मित्र मार्फत भारतीय को घर मा फाइनल हेर्ने चाँजो मिलाएं । ट्राम चढेर २ युरो खर्चेर गैयो, भैया को घर मा । फेरी थुक्क । सारा इण्डिया नै त्यो घरमा भेला भए रैछ, नेपाली लाई कहाँ ठाम हुने । तीन कोठा बाहिर पनि भीड । पैसा को पैसा नाश, ट्याम को ट्याम । मेरो कथा सधैं यस्तो हुने भो । अहिले कुन चाँही धर्मात्माले बेला कुबेला चोर चार गरेर भए नि इन्टर्नेट भन्ने जालोमा राखी दिएको छ र मन लाई सन्तोख भएको छ । हद हुन्छ नि जहिले नि कृक्रेट हेर्न न पाउने? नेपाल मै आनन्द थ्यो, जहिले टी भि खोले नि कृक्रेट ।त्तस्तो पो देश । पैसा न तिरि त हँ पनि भन्दै न बा । हुन्छ नि , मानव मानव को नाता । यहाँ त मानव्-दानव को नाता होइन डाटा मात्र छ ।
Read Full Discussion Thread for this article