Posted by: Rahuldai March 22, 2007
Girish Pokrel and Nepali post follow-up
Login in to Rate this Post:     0       ?        
बजगाइ दम्पति ज्यु यो भन्दा पहिले पनि लेखेको थिएं, सोधेको थिएं, गिरिश र तिनका मित्रमण्डली हरु प्रती यती तीतो बिष वमन किन भनेर । खै त्यस्को जवाफ त पाइन बरु अनगिन्ती अरु हरु माथि तपाईं को रिस अनि बिष ओकेलेको देखियो । के बिघ्न तपाईं माथि घात गर्या रैछ त गिरिश भन्ने पत्रकारले तपाईं को । अनि यतिका सँख्यामा तपाईं ले शत्रु, ठग्, बेइमान देखिनु भयो । कहीं तपाईं को आँखा पो खराब भयो कि? सके चस्मा बदल्नुस्, न सके आँखा फेर्नुस्। तपाईले भीडतन्त्र् को सुची जुन दिनु भएको छ नि, त्यस्मा आधा जति त पत्रकार् छन्। म जस्तो पत्रकारिता सङ्ग कुनै सम्बन्ध न भएकोले त पत्रकार् को को हुन् भनेर चिन्दछु भने तपाई त पत्रकार् को नाममा ठगि गर्ने फटाह हरुको जन्मकुण्डली निकाल्न लाग्नु भएकालाई पक्कै थाहा हुनु पर्ने हो । तारा रावल्, गुण राज लुइटेल्, अमृता बास्कोटा, रवि लामिछाने र रोशन प्रताप्( संचार कर्मी), तरुण पौडेल आदिलाई पनि चिन्नु हुंदो रैनछ भने पछि तपाईं ले नेपाली चल्ती खबर पत्रीका हरु कुनै पनि पढ्नु हुंदो रैनछ भन्ने बुझे हुने भो, होइन त? कमला स्वरुप जस्तो स्थापित साहित्यकार पनि तपाईं भीड भित्रको कसिंगर मान्नु हुंदो रहेछ । मानें बजगाई दम्पति महोदय, तपाईं धेरै उच्च घराना र उच्च पहुँच को हुंदो रहेछ । बिष वमन गर्नको लागि यो साझा जस्तो सिमित परिधी लाई माध्यम बनाउन चाँही सुहाएन । अर्को कुरा, तपाईं ले सूचिकृत गर्नु भएको नाम हरु को राजानैतीक पृष्ठ्भुमी पनि केही हद सम्म मलाई जानकारी छ र त्यसको आधार मा बिश्लेषण गर्ने हो भने तपाईं को तारो खास एउटै राजनैतीक बिचार बोक्नेहरु माथि स्पष्ट देख्न सकिन्छ र यस उस्ले तपाईं के का निम्ती यो दुश्प्रचार गर्ने दुश्प्रयास गरी रहनु भएको छ केही झलक देखिन्छ नै । अस्तु!
Read Full Discussion Thread for this article