Posted by: samiksya March 19, 2007
यो शहरले complete version
Login in to Rate this Post:     0       ?        
यो शहरले नगरबधूहरु अचेल मसित प्रेमको प्रस्ताब राख्न अभ्यस्त छन् ! नालीमा बेहोस भै ढलेकाहरु ओछ्यान बाड्न आतुर छन् ! किन हो ? यो शहरले मलाई औधी माया गर्न थालेको छ ! तिर्खा छैन तर पिलाउन हरदम तैयार छ, किन्नु छैन केहि, न त रकमै छ साथमा, यो शहरले जोखीम उठाएर या बिश्वासको भरमा किन हो ? मेरो हैसियत भन्दा यो शहरले धेरै बढी किनाउन र उधारो दिन तैयार छ ! बढि रहेको बजन, खै भएपुगी आएर हो कि या त धमनिमा समेत बोसो जमेर मुटुमा रक्त प्रभाब नभएको सङ्केत ? तैपनि खाउ खाउ भन्छ यो शहर किन हो ? मेरो मुखले स्बाद लिन सक्ने र पेटले अटाउन सक्ने भन्दा धेरै धेरै खुवाउन तैयार छ ! मेरो निम्ति निष्कर्षहरु बनाई दिन्छ यो शहरले, मेरो अनुमति बिना मेरो परिचयको प्रचार प्रसार गर्न खोज्छ यो शहरले, मेरो साथी को हुने मैले के खाने मैले कसलाई माया गर्ने मैले के लाउने सबै निर्धारण गर्छ यो शहरले !
Read Full Discussion Thread for this article