Posted by: shirish March 18, 2007
Congratulations!
Login in to Rate this Post:     0       ?        
जिल्ला अस्पतालमा एकमात्र चिकित्सक शिव पुरी रौतहट, चैत ३ - जिल्लाको एकमात्र गौर अस्पताल र तीन प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षेखि दरबन्दीअनुसारका चिकित्सक छैनन् । च्ाार जना चिकित्सकको दरबन्दी रहेको गौर अस्पतालमा एक वर्षेखि एक जनाले मात्र काम चलाउ“दै आएका छन् । जिल्लाको ग्रमीण भेगमा रहेका तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रमा समेत वर्षौंदेखि डाक्टर छैनन् । त्यहा“ हेल्थ असिस्टेन्टले काम चलाउ“दै आएको गौर अस्पतालका डा. वज्रकिशोर ठाकुरले कान्तिपुरलाई बताए । 'विभागमा पत्राचारमात्र होइन, मौखिक रूपमा समेत जानकारी गराइसकेेको छु,' डा. ठाकुर भन्छन्- 'पठाउ“छु मात्र भनेको छ तर हालसम्म पठाएको छैन ।' तीनजना डाक्टरले गर्नुपर्ने कामको भार एउटैलाई परेको ठाकुरले गुनासो पोखे । एक महिनाअघि अस्पतालमा सुरु गरेको परिवार नियोजनको कार्यक्रमसमेत प्रभावित भएको डाक्टर ठाकुरले जानकारी दिए । उनले भने- 'एउटैले कता पो हर्ेर्ने । अस्पतालले हालसम्म ६ सयको मात्र परिवार नियोजन गरेको छ ।' दर्ुइ दिनदेखि पालोको प्रतीक्षामा बसेको सखुवबाका एक महिलाले बताइन् । डाक्टरको अभावमा शल्यक्रियाको काम ढिलो भएकाले परिवार नियोजनको काम तीव्र गतिमा हुन नसकेको अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाको गंगाप्रि्रा, राजपुरफरदबा र कटहरिया गाविसमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विगत एक वर्षेखि डाक्टर छैनन् । डाक्टरको अभावमा उपचारका लागि ग्रमीण भेगका बासिन्दा सदरमुकाम धाउन बाध्य भएको कटहरियाका स्थानीय सञ्चारकर्मी संजय मिश्रले बताए । एक महिनाअघि डाक्टरको अभावमा जिल्लाको सखुवबा गाउ“मा देखिएको अज्ञात रोगका कारण एकको मृत्यु भएको थियो भने पा“च दर्जन बिरामी परेका थिए । OK.. Here vonwards we will collect such news.
Read Full Discussion Thread for this article