Posted by: rhishi March 17, 2007
MERO KAVITA -RHISHI
Login in to Rate this Post:     0       ?        
सिरिश जी, जग्गी जी तथा npl2us जी; धन्यवाद कविता पढिदिनुभएकोमा !! एउटा सानो कविताको खेस्रा (साफी गर्न बाँकी भएकोले) यहाँ पस्कने जमर्को गरेको छु !! जीवनशाला यसको उद्‍गम - उद्‍गत ‌देखिन‌ अमूर्त – शूक्ष्म बिन्दु देखिन‌ माया रूपी भ्रमको प्याला प्युनु नै यो जीवनशाला ॥ ॥१॥ चर्म चक्षु यो यत्र - तत्र खोजी हिंड्छ क्षितिज ‌बिचित्र बुभुक्षित यो चर्म - पट्टिका भर्नु अहो ! यो जीवनशाला !! ॥२॥ हर स्पन्दन ‌दिल‌को धडकन जुग-जुग ज्युने कामना गर्छन्‌ साक्षात्‍कारमा मृत्‍युसँग लाचार अनि कुण्ठित ‌हुन्छन्‌ ॥ ॥३॥ सुसुप्‍ता देखि चैतन्य सम्म जिजीविषाको भावना टम्म अस्विकार्य सत‌ मृत्यु - माला परम अस्थायी जीवनशाला !! ॥४॥
Read Full Discussion Thread for this article