Posted by: krk_nepali March 17, 2007
NepaliPost and Girish Pokrely got exposed
Login in to Rate this Post:     0       ?        
मैले जानेबुझेसम्म यो छद्मभेषी नामबाट गरिएको निकृष्ठताको न्यूनतम नमूना हो । माथि उल्लेख गरिएका नाउँहरु मध्ये म शिवप्रकाश (उनको नाउँ शर्मा लेखिएको छ उनी शर्मा हैन पौड्याल हुन्) र गिरिशसंग धेरै राम्ररी परचित छु । एकताका संचारमाध्यममा काम गर्दा ति दुबै मेरा पनि सहकर्मी थिए भने अरु केहीलाई पनि चिन्छु । यो सब बकबास हो । हण्डी खाने मण्डुलेहरुले आफूलाई अहिलेको वातावरणमा जोगाउनका लागि फिजाउँन खोजेको प्रपंच मात्र हो । आफ्नो अनुहार अरुलाई देखाएको मात्र हो । गिरिशले के लेखेका छन् त्यसको प्रतिकृया स्वरुप किन यो रछ्यान खन्याइयो भन्ने जान्न चाहनु हुन्छ भने म त्यो उपलब्ध गराउन सक्छु । अनि अर्को कुरा अगामी अप्रिल २१ र २२ मा वाशिंटनमा प्रजातन्त्रवादी पत्रकारहरुको सम्मेलन हुदैछ जसमा गिरिश र शिव प्रकाश दुबै आयोजकमा छन् । यो त्यही आरिसे जलनको अभिब्यत्तिमात्र हो । जसले केही गर्न सक्दैन त्यसले आरिसमात्र गर्छ र भित्रभित्रै आफै जलेर मर्छ । मैले जानेबुझेसम्म यो यही भएको हो अरु केही हैन । अली बेफुर्सिलो भएर प्रतिकृया लेख्न ढिलो भयो ।
Read Full Discussion Thread for this article