Posted by: Bhaute March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
हैन हउ ग्वाँचे ! यो प्याज र मुला सँग मात्र त छिरेन के घाँटीबाट। हाम्रो पिलान त चौपट भो के रे। उता पुन्टेदाइले नमेलाई गोर्खे-लौरी कसेर राख्याछन्। खशीको सपना अब सपना नै भो। जिम्मालको कुखुरा भा' नि थुतेर ल्याउनुपरो गाँठे। जिम्माल डिङ्गो लाएर ढुङ्गो खोज्दै हिन्याछन्, निशेको खप्पर पोर्न भनेर, यही हो मौका। नभए तिम्ले पुन्टेदाइलाई फकाउँदै धोबिनिका भट्टीतिर भुलाएर राख। म गएर तिनको बिकासे भाले छोपेर ल्याउँछु। हुन त जिम्मालको लोकल भाले जस्तो त हुँदैन, तै पनि यो प्याज-मुला भन्दा त बेशै हुन्छ नि। :-) पुन्टेदाइको भालेले त मुन्छेको कुरो नि बुझ्छ कि केहो, कान थापेर सुन्याछ गाँठे। :p
Read Full Discussion Thread for this article