Posted by: gwanche March 16, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
के छ यामे, एक राउन्ड भ्याइ सक्या हो कि क्या हो? एक्छिन अगाडी चौतारीआँ आम्न लाग्दा जिम्माल बासँअ भेट भो बाटाँ । बुढा त हिजो अस्ती जस्तै भोटो र कछाड मैं थे तर खुट्टाँ हात्तीछाप चप्पला सट्टा लाखेले लाउने जस्तो बकुल्लाआ जस्तो चुच्चो भेको, घुँडाभन्दा नि माथिसम्म आउने, कुर्कुच्चा एक बित्ता माथि भेको, बुढाको आफ्नै अनुआर देखिने गरेर टलक्क चम्केको यामानको जुत्ता पो ला रैछन । "हैन, जिम्माल बा के लाउनु भा खुट्टाँ त्यस्तो गाइजात्रे खडाउ" भनेर सोधेको त बुढाले के भने था छ ? 'के भनुम ग्वाँचे, कुरो गरो कुरैको दु ख । हिजोराती भन्जा बाउसँअ त्यो निस बज्या नि आथ्यो । रातभरि मोराहरुले के के घिचेछन्, के के तानेछन ।फेरी कुरा नि कति गर्न सकेका, कैले हास्या छन, कैले झगडा गर्छन्, एकछिन नि सुत्न पा हैन । भन्जालाइ गाली गरुम भने नि कसरी गर्नु, जसोतसो रात कटाएँ । बिहान हेर्छु त मेरो चप्पल नै गायब छ, कुन बेला उडाएछ मोरोले मेरो त्यती राम्रो नयाँ चप्पल, यसपाली दसैंमा जम्मा चार बर्ख मात्रै त भा थो । छोडेर गएछ यि यस्तो लाखेको जस्तो तीन किलोको गाइजात्रे जुत्त ! " "अनि ऐले कता जान लाग्नु भयो नि" भनेर सोधें । "कता भन्नु नि, भान्जोले हिजो निशेसंग मिलेर के के खाएछ, चर्पि मै बस्या बसेइ छ, दिन भरि । मलाई नि एइले चर्पि नगै भाछैन्, साह्रै च्यापेर ल्यायो, तेइभेर तल झाडीतिर जान लागेको, बाकी कुरा पछि गरुम्ला है साह्रै भो, एइले आउँला जस्तो भयो ............लागे है म त..........!!!!" जिम्मालबासँग कुरा गर्दा बिजुली चम्केको जस्तो लागेकोथ्यो । कस्तो अचम्म, न बादल लागेको छ, न पानी पर्ला जस्तो छ, यस्तो सफा मौसम भेको दिनमा नि कसरी बिजुली चम्केको होला भन्ने ठानेको थे, तितौरीले फोटु पो खिचेकि रैछिन्, फेरी कति चाँडै फोटु नि धुलाइवरी चौतारीमा टाँसी पनि सकिछिन भन्या!
Read Full Discussion Thread for this article