Posted by: chanaa_tarkaari March 16, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
ट्रलिबसमा पाकेटमारको बिगबिगि हुन थाल्यो । भीड भित्रबाटै सबको पैसो हराउन थाल्यो ।। यात्रु कराए चिच्याइ चिच्याइ पाकेट मारयो भनि । बस लान्थ्यो अफिस भित्रै नओराली कोहि पनि ।। मीनभवन ट्रलिबस अफिसको कम्पाउण्ड भित्र बसि । एक एक गर्दै झोला पकेट हुन्थ्यो खानतलासि ।। यस्तो गोब्रे तरीकाले के भेट्नु पाकेटमार? पैसो हराउनु हराइहाल्यो सबलाइ सास्ति मात्र ।। टन्न पैसा गोजिमा बोक्ने खलासिलाइ हुन्न डर । मित्र नै पो हो कि क्या हो खलासि र पाकेटमार ।। शङ्का हामीलाइ लाग्थ्यो तहाँ खलासिको आनिबानि । प्रमाण केहि छैन हातमा दोष लाउन पाइएन नि। घर फर्किने बेला हुन्थ्यो मात्र अबेर पुग्न । स्कुल जाने बेला भने छुट्ने क्लासै टन्न ।। पाकेटमारको समस्या यो हाम्रो टाउकै खाने । जुक्ति केहि लाउन पर्यो समस्याबाट बच्ने ।। दुइटा सरल आइडियालाइ हाम्ले ट्राइ गर्योम । पाकेटमारको समस्याबाट मुक्त पनि भयम ।। पहिलो आइडिया के हो भने पाकेटमारलाइ गोदने । पाकेटमार भन्नासाथ हामी दया पटक्कै नगर्ने ।। दोस्रो आइडिया के हो भने हल्ला बेस्कन गर्ने । भीडमा पाकेटमार छिर्ला हेर है भन्दै कोकोहोलो गर्ने ।। यति गर्दा अचम्मै भो बिलाए पाकेटमार । बिश्वनिकेतन बिद्यार्थि चढ्ने बसमा छैन पाकेटमारको डर ।। क्रमश:
Read Full Discussion Thread for this article