Posted by: abc March 15, 2007
KING STEP DOWN..! Great editorial
Login in to Rate this Post:     0       ?        
लोकतान्त्रिक गणतन्त्रकालागि अिहंसात्मक एवं शान्तिपूर्ण अभियायन नरोकिने कृष्ण पहाडी काठमाडौं, मार्च १२ त्यसदिन अन्तर्राष्ट्रिय नारी दिवस थियो । देशभरी महिला अधिकारको लागि विभिन्न कार्यक्रमहरु भइरहेका थिए । सोही दिन लोकतन्त्र र शान्तिकालागि नागरिक आन्दोलनका अगुवा डा। देवेन्द्रराज पाण्डेको घरमा कसैले बस राखेको समाचार मध्यान्हमा मैले सुने । डा। पाण्डे एउटा कार्यक्रममा भाग लिने सिलसिलामा लण्डन जानुभएको थियो । उहाँको घरमा प्रेसर कुकर बम राखिएको थियो तर त्यो बिस्फोट हुन भने पाएन छ । त्यसैदिन साँझ दोस्रो पटक डा। पाण्डेको घर पुगेर करीब पौने ६ बजेतिर म आफ्नो बासस्थान गौशाला फर्किए । यो मेरो दीदी भिनाजुको घर हो जहाँ १५ वर्षदेखि म बस्दै आइरहेको छु रातको करीब ८ बजेर २५ मिनेट जाँदा टेलिफोन आयो । सशस्त्र प्रहरीको इन्सपेक्टरको रुपमा परिचय दिदै नम्र स्वरमा फोन गर्नेले मेरो वासस्थानमा बम भेटिएको हो भनेर प्रश्न सोध्नु भयो । मलाई लाग्यो यो अफवाह हुनुपर्छ । तसर्थ मैले बिहान डा। पाण्डेको घरमा पो बम भेटिएको हो यहाँ त्यस्तो केही छैन भन्ने जवाफ दिए । तर उहाँले सशस्त्र प्रहरीको उच्चसूत्रसम्म यस्तो खबर आइपुगेको भनेपछि मैले तल हेर्छु भने । उहाँले ५ मिनेटपछि फेरी फोन गर्ने बताउनु भयो । त्यसपछि लगातार टेलिफोनको घण्टी बज्न थाले । नजिकको गौशाला प्रहरी चौकीबाट पनि फोन आयो र इन्सपेक्टरले आपुू त्यही आइरहेको जानकारी दिनुभयो । गौशाला प्रहरी कार्यालयबाट आएका प्रहरीहरुको टोलीले खोजबिन गर्दा मूलढोकामा पोलिथिनभित्र कागजले बेरेर राखेको एउटा पोको फेला पर् यो । त्यो गहु्रङ्गो थियो । प्रहरीहरुले नै मोटो लीमा पोलिथिन प्याकेट झुण्डाएर करीब २०० मिटर टाढा रहेको गौशाला प्रहरी चौकी पुर् याए । करीब १ घण्टापछि ठूलो आवाज सहित केही पडकिएको सुनियो । सशस्त्र प्रहरीबाट आएको बम निरोधक दस्ताले त्यसलाई निस्तेज पारेको रहेछ । प्रहरी सूत्रले दिएको आधिकारिक जानकारी अनुसार त्यो सुतली बम थियो । बम र बन्दुकको त्रास देखाएर कसैले हामीलाई तसा्रउन खोजे । यो घटनामा कस्को हात होला भनि पत्रकारहरुद्वारा सोधिएको प्रश्नमा मेरो पहिलो प्रतिकृया थियो ूहाम्रा गतिविधिबाट जो आकुल छन् यो तिनैको काम हुनुपर्छ ।ू तर कुनै पनि अवस्थामा लोकतान्त्रिक गणतन्त्रकालागि हाम्रो अिहंसात्मक एवं शान्तिपूर्ण अभियायन नरोकिने कुरा पनि र्मैले प्रष्ट पारेको थिए । हाम्रा गतिविधिबाट सबैभन्दा आकुल को भएको हुनुपर्छ मेरो मानस पटलमा विगतका दृश्यहरु सलबलाउन थाले । वर्तमान सरकारले जन आन्दोलनका दोषीहरुमाथि विभागीय कारवाही गर्न निर्देशन दिएको तर मूलदोषी तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष राजा ज्ञानेन्द्रलाई भने कुनै कारवाही नगर्ने निर्णय गरेपछि राजा ज्ञानेन्द्रलाई नै मानवता विरुद्धको अपराधमा तत्काल कारवाही गर्नुपर्छ र दण्डहीनतालाई अन्त्य गर्नुपर्छ भनेर फागुन २३ गते अर्थात् ७ मार्चका दिन लोकतन्त्र र शान्तिकालागि नागरिक आन्दोलनकातर्पुबाट हामीले प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका थियौं । यसभन्दा अगाडि एमनेष्टी इन्टरनेशनल नेपाल पत्रकार महासंघ मानव अधिकार तथा शान्ति समाज इन्सेक लगायत ९ वटा संस्था मिलेर दण्डहीनताको अन्त्यकालागि अन्तर्राष्ट्रिय फौजदारी अदालतको विधानलाई अनुमोदन गर्न नेपाल सरकारलाई आग्रह सहित प्रदर्शन गरेर सभामुखमार्पुत ज्ञापन पत्र दिइएको थियो । फागुन ७ गते राजा ज्ञानेन्द्रले २०६१ माघ १९ को शाही कदम जनताको चाहना अनुरुप थियो भनेर नेपाली जनताको गौरवमय जन आन्दोलन ०६२÷६३ माथि हिलो छयाप्न खोजेपछि फागुन ८ गते नै प्रधानमन्त्री कार्यालय िसंहदरबार अगाडि लोकतन्त्र र शान्तिकालागि नागरिक आन्दोलनले धर्ना बसेर राजा ज्ञानेन्द्र र राजतन्त्रलाई नै कारवाही गर्न दवाब दिएको थियो । फागुन १८ गते नागरिक आन्दोलनकै आयोजनामा काठमाडौंमा गणतन्त्र साँस्कृतिक साँझ आयोजना भएको थियो । जसमा १५० भन्दा ज्यादा कलाकार गोलबद्ध भएर गणतन्त्रको पक्षमा सिर्जना प्रस्तुत गरेका थिए । २०६३ पौष माघ र फागुन महिनामा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा देशका २४ स्थानमा लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ गोलबद्ध हुन सबैलाई आह्वान गर्दै २ दर्जन नागरिक सभाहरु सम्पन्न भएका थिए । ती सभाहरुमा देखिएको उत्साहले आकुल भएको एउटा वर्ग हामीमाथि नियोजित षडयन्त्र गरेर त्यस्ता कार्यक्रम विथोल्ने प्रयासमा रहेको आशंका भने हामीलाई थियो । लोकतान्त्रिक गणतन्त्रको पक्षमा उर्लेको त्यो आवेगले संविधान सभाको निर्वाचनलाई उत्सवको रुपमा लैजान सन्देश दिएको थियो । सात प्रमुख राजनीतिक दल र माओवादीसहित ८ वटै दलका प्रतिनिधिहरुलाई हरेक माचमा एकै ठाउँमा भेला गराएर सहकार्यकालागि प्रेरित गर्न र आपसी समझदारी र विश्वास बढाउन तथा एकअर्काका कमजोरी अन्त्य गर्न हामीले ती नागरिक सभामार्पुत प्रयास गरेका थियौं । राजनीतिक शक्तिलाई नै बलियो बनाउने हाम्रो अभिप्राय थियो । राजनीतिक शक्ति बलियो हुँदा अराजकता स्वतः समाप्त हुन्छ भन्ने हाम्रो मान्यता थियो । हामीले खोजेको प्रणाली भनेको प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्र थियो । अर्थात् आधारभूत स्वतन्त्रता मानव अधिकार र सामाजिक न्यायको प्रत्याभूति सहितको लोकतान्त्रिक गणतन्त्र । कुनैपनि राजनीतिक दलभन्दा ज्यादा सभाहरु आयोजना गर्नै क्रममा हामी अग्रपंक्तिमा थियौं । २३८ वर्षदेखि छटपटाइरहेको समाजमा अिहंसात्मक आन्दोलनको माध्यमबाटै निकास खोजिनुपर्छ भन्ने कुरामा हामी स्पष्ट थियौं । अिहंसा हाम्रो प्रमुख दर्शन थियो । ती नागरिक सभाहरुमार्पुत हामीले पाएको समर्थन जनताको स्नेहले हामीलाई भावविभोर बनाएको थियो । आम जनतामा उर्लेको त्यो लहर देखेर प्रायः सबै दलका मन्तव्य व्यक्त गर्ने प्रतिनिधिहरुले लोकतान्त्रिक गणतन्त्र भन्न बाध्य भएका थिए । विगतलाई फर्केर हेर्दा मृत्युसँग साक्षात्कार भएका थुप्रै घटनाहरु मेरो मानस पटलमा सलबलाउन थाले । यस्ता थुप्रै मोड नाघिसकेको हुँदा म मा मृत्युको कुनै त्रास छैन । म र म जस्ता २÷४ जना नरहे पनि एउटा यस्तो जमात तयार भइसकेको छ जसले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई हाँक्छन् । नव नेपाल निर्माणको संकल्प बोकेर अघि बढने नयाँ पुस्ताको जोश र जाँगरले नै सफलताको िसंढी तयार गरिरहेको छ । source: www.nepalipost.com
Read Full Discussion Thread for this article