Posted by: Digital_sangalo March 14, 2007
Call for help to all Sajhabasis!! Lets make a difference!
Login in to Rate this Post:     0       ?        
इमान्दार हर्के हर्केले भारत को हरिद्वार घुम्न गएको मौका मा एक दिन पानीजहज चढ्ने मौका पायो । रमाउदै जहाँजमा यात्रा गर्दागर्दै अचानक त्यस जहाँज मा चढेको एउटा बच्चा पानी मा खस्यो। ठुलो होहल्ला भयो, तर कोही पनि त्यस बच्चा लाई बचाउन जान सकेनन्। एक छिन पछि हर्के हाम्फालेर पानी मा गयो र बच्चा लाई बचाएर ल्यायो।कसैले गर्न नसकेको काम गरेर हर्के ले ठूलो शाहश प्रदर्शन गर्यो। उसलाई बहादुर को रूपमा सम्मान गर्ने उदेश्यले भारत सरकारले ठूलो कार्यक्रम को आयोजना गर्यो।तर हर्के भने त्यसै दिन देखि त्यति खुसी देखिएको थिएन। उसको ध्यान आफू र सरकार मा भन्दा पनि अन्तै भए जस्तो लाग्थ्यो, मानौ उ केहि कुरा को खोजी मा छ। उसको लागि बाजगानका साथ ठुलो प्रदर्शन् हुदै थियो, तर हर्के भने त्यस कुरा मा पटक्कै ध्यानै नदिइ कतै हराइरहेको थियो, पुरस्कार बितरण सकिइसक्दा पनि उसको मुखमन्डलमा यस्तो चिन्ता देखेर भारत का प्रधानमन्त्री ले सोधे- आखिर तपाई किन खुसि हुनुहुन्न? तपाईले यस्तो शाहश देखाउनु भएको छ जुन साधरण मान्छे ले गर्नै सक्दैन,तर तपाईको ध्यान अन्तै कतै छ, के भयो? हाम्रो सम्मान मा केहि कमी भयो कि? हर्के ले अलि अलि रीस मिसिएको शब्दमा भन्यो- "अरु केहि हैन, आखिर कुन चाहि बेमान ले मलाई जहाज बाट धकेलेर लडाई दियो भनेर हेर्दै छु !! " More on www.sangalo.be
Read Full Discussion Thread for this article