Posted by: Rahuldai March 11, 2007
कबिता-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
हावा चल्यो, तर पात हल्लिएन । दिन बद्ल्यो तर रात बाद्लिएन । कति रात मधुहोसमा होस हराएं बोटल् बद्लियो मात बद्लिएन। न सोध्नु थियो बिगत्,सोधें मैले एकै खाट्मा नि घात बद्लिएन। जान्छु भन्नेलाई के रोक्नु मैले बिदाइमा तिम्रो यो हात हल्लिएन। अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन "पानी"रुने मायाको भने जात बद्लिएन बसन्त छ, हरियालि छ, संसार रङीचङी नै छ, यो मुटुमा भने चिसो हिमपात बद्लिएन म मायाको ईतिहास केलाँउदै, हेर्दै, सोच्दैछु आज हर्ष जीवनमा देख्न पाईनँ, बिस्मात बद्लिएन हावा चल्यो, तर पात हल्लिएन । दिन बद्ल्यो तर रात बाद्लिएन । (मित्र झांक्री जी को सहयोग का साथ)
Read Full Discussion Thread for this article