Posted by: rakkshash March 11, 2007
नेपालगंज र तराई आन्दोलन
Login in to Rate this Post:     0       ?        
.......................................हिजो मात्र नेपालगंज बाट एक जना ले च्याट मा भनेको पीडा सुनौ -नेपालगंज नजिकै भएपनि खुजुरा का बासिन्दा हरुले आज सम्म कर्फ्यु र आगजानी सामना नगरेको हुदा गाउ का सिदा सादा जनता हरु डरले कोहि सङ बोल्नत के , छेउ पर्न समेत डराइरहेका छन । डर र त्रासका कारण केहि गाउले बिस्थापित भै सकेका छन भने केही अन्य बिस्तापित् हुने तर्खर मा रहेका छन । “ हाम्रो गाउ मा आगो लगाउने र तोड्फोड गर्ने हरु यो गाउ का होइनन न त छिमेकी गाउ का हुन , या त यिनी हरु भारत बाट आएका हुन या त अरु जिल्ला बाट” यहा का मदेशी आन्दोलन का नेता हरु पनि यो तोड्फोड र आगजनी मा आफ्ना कार्यकर्ता को हात नरहेको भनेर पन्छन खोज्छन् । तर तपाइ हरु काठमाण्डौ मा बसेर तराइ को समस्या नै नबुझि यो ठिक र उ ठिक भन्दै लेख्नु हुन्छ । यहा तराइ मा केहि तत्व हरु मदेशि र पहाडी बिच मा हिंसा भड्काएर मुलुक मा अस्थिरता ल्याउन चाहन्छ। यो राजाबादी हरुको पनी चाल हुन सक्छ । अझ परमानन्द भगत जस्ता नौटंकी हरु तराइको यथार्त नबुझि एकोहोरो पहाडी मुलका हामी तराइ बासी हरु बिरुध आक्रमण गर्न उक्साइरहेका छन । बर्सौ देखि एक आपसमा मिलेर बस्दै आइरहेका हामी लाइ मदेसे र पहाडी को नाम मा लाडाएर आफ्नो स्वार्थ लुट्ने हरु यहा को आगजनी र तोड्फोड् मा सरीक छन् । तर देस का ठुला मिडीया हाउस र रेडियो र टी भि पनि यहा को हाम्रो पिडा बारे एक सब्द पनि नबोलि आन्दोलान को पक्ष र बिपक्ष मा मात्र तर्क गर्छन । हाम्रो पिडा सुनिदिने कोहि भएन ।................................................... साभार:- www.nepaldiary.wordpress.com
Read Full Discussion Thread for this article