Posted by: Nepe March 10, 2007
KAVITAKO DESH - III
Login in to Rate this Post:     0       ?        
मिसनानी, तपाईको प्रशंसक हुँ, अवसर मात्र नमिलेको हो भन्न । तपाईको उज्याला विचार, सुरुचीसम्पन्नता र साझामा मैत्रीपूर्ण र शिष्ट वातावरणको लागि तपाईको अनवरत कामना र परिश्रम, सबै कुराको उत्तिकै सम्मान गर्छु म । ****** ******* ******* दोहाबारे -------- नेपाली भाषा एकानुप्राससम्पन्न नभएकोले गजलमैत्री कम र दोहामैत्री बेसी छ । त्यसैले नेपाली दोहाको भविष्य छ । परन्तु, दोहामा अझै आदर्शवादको प्रभुत्व भएकोले (हिन्दी दोहाको कुरा गरेको) गजलविधामा आएको क्रान्ति (श्रृङ्गाररसबाट स्वाधिनता प्राप्त गरेको) जस्तै क्रान्ति नभई यसको लोकप्रियता बढ्दैन होला । अनि, दोहा र गजलको एउटा प्रमुख समानता के हो भने हरेक श्लोक (शेर) हरु आफैमा एक पूर्ण कविता हुनुपर्छ । एउटा श्लोक (शेर) ले अर्थ पुरा गर्न अर्को श्लोकको सहायता लिन पर्‍यो भने त्यो सामान्य कविता भयो, दोहा भएन । एकविषयी (Monothematic) कवितालाई प्राविधिक रुपले गजल वा दोहामा ढाल्न सम्भव भए पनि भावनात्मक रुपले भने सकिदैन । एकविषयी कविता भनेको wine drinking हो (एक ब्य्राण्डको मात्र wine पिउने सेशन) भने गजल/दोहा भनेको wine tasting हो (अनेक ब्य्राण्डको wine पिउने सेशन) ।
Read Full Discussion Thread for this article